• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुजिता भण्डारी मृत्यु प्रकरण: जागे चितवनका अधिकारर्मी, सुक्ष्म रुपमा अनुसन्धान गर्न माग

  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय चितवनमा श्रृखलाबद्ध रुपमा आपराधिक क्रियाकलापहरु बढ्दै गइरहेका छन् । घटनाको सन्र्दभमा सामाजिक सञ्जालमा तथ्यभन्दा अनुमानकारिता उत्तिकै बढ्दो छ । आफुलाई सामाजिक अभियन्ता हु भन्दै आफै प्रचार गर्नेहरु युटुवर बोकेर वास्ताविकता नबुझि भीडको पछाडी दौडिरहेका छन् ।

    युटुवमा समाजलाई नै नकरात्मक प्रभाव पार्नेगरि मानवीय संवेदनशीलताको ख्याल नै नगरी घटनालाई तोडमोड गर्ने र अतिरञ्जीत बनाउने क्रम बढ्दो छ । यसले गर्दा एकातिर घटनाको वास्ताविता बाहिर आउन सकेको छैन भने अर्कोतिर अधिकारकर्मीहरु समयमै खवरदारी गर्न चुकिरहेका छन् । चितवनमा पछिल्लो समयमा मर्न बाध्य बनाइने अर्थात आत्महत्या दुरुस्साहनका मुद्धा बढिरहेका छन् ।

    नेपालभरीको तथ्याकं हेर्दा चितवनमा नै सबैभन्दा बढी आत्महत्या दुरुत्साहनका मुद्धा रहेको प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले बताउनुभयो ।

    श्रृखलाद्ध घटना,अनुसन्धान फितलो

    जिल्लामा कञ्चन तिमिल्सेनाको बिष सेवन गरी मृत्यु भयो । कञ्चनलाई उनकी प्रेमिकाले विष खान बाध्य बनाइएको बताइयो तर यस घटनाको तथ्य अहिलेसम्म बाहिरिएको छैन । कञ्चनपछि सविता भण्डारीको रहस्यमयी तवरले मृत्यु भयो ।उनलाई आफ्नै ससुराले यौन दुव्यवहार गरि आत्महत्या गर्न बाध्य बनाइयो भनियो तर यसको पनि वास्तविता बाहिर आउन सकेको छैन ।

    सविताको घटना उत्कर्षमा पुगिरहेकै समयमा पार्वती भट्टराईको किरियामा बसेको बेला रहस्यमयी तवरले मृत्यु भयो । उनलाई परिवारले नै जिउंदै जलाएको भनियो करिब ८० प्र्रतिशत शरिर जलेको अवस्थामा उनको लास भेटियो तर घटनाको वास्तविकता अझै सार्वजनिक भएको छैन । यी घटनाहरु सेलाएका थिएनन् फेरी राप्ती नगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारी बेपत्ता भएको नौ दिनपछि रहस्यमयी तवरले मृत्यु भएपछि यतिबेला चितवन तातेको छ ।

    मृत अवस्थामा सुजिता भेटिनु अघिल्लो दिन फेरी चितवनबाटै गैडाकोटकी २१ बर्षिय बिना सापकोटा हराइरहेकी छिन् । उनको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । यस्ता घटनाको बारेमा बास्तविता पत्ता लाग्न नसक्दा समाजमा अपराध बढ्दो छ । एकातिर यी र यस्ता घटनालाई लिएर गरिने अनुमानकारिता अर्कोतिर घटनालाई तोडमोड गरि सामाजिक सञ्जाल अर्थात युटुवमा राखिने विषयबस्तु । यस्ता प्रवृतिले अहिले मानिसको मानसिकता नै नकरात्मकतातिर गइरहेको छ ।

    जागे अधिकारर्मी

    समाजमा हत्या, हिंसा, बलत्कार र अपहरण जस्ता गम्भिर प्रकृतिका घटनाहरु बढ्न थालेपछि जिल्लाका अधिकारकर्मीहरु एक ठाउंमा जम्मा भई घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्न प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । करिब ३० बर्षदेखि अधिकारको क्षेत्रमा क्रियाशिल महिलाअधिकारकर्मी मीना खरेलको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था र विभिन्न पेशामा रहेर अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरुले प्रहरी प्रमुखसंग बैठक गरि ध्यानकार्षण गराएका हुन् ।

    आर्दश नारी विकास केन्द्रकी अध्यक्ष एवं यौनजन्य हिंसा विरुद्ध चितवनकी संयोजक महिला अधिकारकर्मी मीना खरेलले आफुहरुको उद्धेश्य अनुसन्धानलाई स्वतन्त्र हिड्न दिने र सघाउने नै भएको बताउनुभयो । उहाँले चरणबद्ध रुपमा घटना भइरहेपनि प्रहरी प्रशासन दोषि पत्ता लगाई सार्वजनिक गर्न चुकिरहेको भन्दै यस विषयमा गम्भिर भएर आपराधिक क्रियाकलाप रोक्नतर्फ लाग्न प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

    “ हामी पनि अनुसन्धानलाई स्वतन्त्र हिड्न दिने र सघाउने पक्षमा नै छौ उहाँले भन्नुभयो , अनुसन्धान निष्पक्ष स्वतन्त्र र सुक्ष्म हुनुपर्यो । उहाँले प्रहरीले सुजिता लगातयका घटनाको बास्तविता छिटोभन्दा छिटो नागरिकसामु सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।” सामाजिक अभियन्ताको पगरी कुदेर समाजलाई अतिरञ्जित बनाउनेको पक्षमा आफुहरु नरहेको बताउंदै उहाँले जिल्लामा काम गर्ने अधिकारकर्मीहरु पनि यस विषयमा सचेत हुन आवहन समेत गनुर््भयो ।

    चितवनको पहिलो महिला अधिवक्ता फुलमाया रानाभाटले सुजिता प्रकरण लगायतका घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । “महिला किशोरी तथा बालिकामाथि श्रृखलाबद्ध रुपमा अपराधका घटना भइरहेका छन् उहाँले भन्नुभयो, यस्ता अपराधीक क्रियाकलापको शिकार हुनबाट जोगाउन सुरक्षा निकाय न्यायिक परिणाम निकाल्न अग्रसर बनोस् । ”

    यौनजन्य हिंसा विरुद्धको अभियान चितवनकी सहसंयोजक संगिता भट्टराईले प्रहरीलाई जनतालाई विश्वस्त पार्नेगरी परिणाममुखि काम गर्न र अनुसन्धानलाई तिव्र पार्नुपर्ने उल्लेख गर्नुभयो । यस्ता घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्छ उहाँले भन्नुभयो ।

    अधिवक्ता कल्पना उप्रेतीले कानुनी राज्यको अनुभुत हुनेगरि नतिजा आउनुपर्नेमा जोड दिनुभयो । यस्तै अधिकारकर्मी कल्पना पौडेलले प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै घटनाका दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याउन माग गर्नुभयो । अधिकारकर्मीहरुको समुहले आज सुजिता भण्डारीको न्यायको माग गर्दै भरतपुरको चौविसकोठीमा प्लेकार्ड सहित प्रर्दशन समेत गरेको थियो ।

    पछिल्ला घटनाक्रमका विषयमा आज जिल्लास्थित सामाजिक संघसंस्था तथा अधिकारकर्मीको समुहले चितवनका प्रहरी प्रमुख ओमप्रकाश अधिकारीसंग छलफल गरेका छन् । छलफलका क्रममा प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले आपराधिक घटना रोक्न प्रहरी प्रशासन लागिरहेको बताउनुभयो । उहाँले घटनापछि गरिने हिंसात्मक आन्दोलनले अनुसन्धानलाई नै प्रभाव पारेको बताउनुभयो ।

    “सुजिता प्रकरणमा अनुसन्धान जारी छ, उहाँले भन्नुभयो हिजोदेखि नै लाग्न पाएको भए अनुसन्धान धेरै माथि पुग्थ्यो तर हिजोको आन्दोलनले २४ घन्टा ढिला भयो ।” गैडाकोटको विना सापकोटाको खोजीमा पनि प्रहरीले मेहनत गरिरहेको र अनुसन्धान जारी रहेको उहाँको भनाई थियो । घटना भइसकेपछि वास्तविकता नबुझि गरिने प्रचारले मानिसहरु थप उत्तेजित भई आपराधिक मानसिकता बढेको प्रहरीको ठम्माई छ ।

    “आज मात्रै सौराहामा महिलाको लाश भेटियो भनेर सामाजिक सञ्जालमा आएको छ, प्रहरीलाई थाहा छैन, यस्ता अनावश्यक कुराले समाज कता जादैंछ?”

    सिसि क्यामरा विग्रदा अपराध बढ्यो

    चितवनमा अपराध बढ्नुको अर्को कारण सीसीक्यामराले नहुनु पनि हो । जिल्लामा राखिएका झण्डै ७० वटा सिसि क्यामरामा अहिले २० वटाले पनि काम गर्ने अवस्था नभएको प्रहरीले जनाएको छ । “नारायणगढको सिसि क्यामरा अधिकाशं विग्रिएको अवस्थामा छ उहाँले भन्नुभयो आउटपुट मात्र खोजेर भएन इनपुटमा पनि ध्यान दिनुपर्यो ।

    अनुसन्धान दुरुस्त र समयमै चाहने हो भने तुरुन्त सिसि क्यामराको मर्मत गर्नुपर्ने प्रहरीको भनाई छ । राप्तीको घटनामा पनि हाइवे छ सीसी क्यामरा छैन यसले गर्दा हाइवेमा हुने दुर्घटनाको अनुसन्धानमा समेत महिनौ लाग्ने गरेको प्रहरी प्रमुखको भनाई छ । हामी घाँस हाल्दैनौ दुध खोजिरहेका छौ प्रहरी प्रमुख अधिकारीको भनाई छ ।

    सीसी क्यामरा मर्मतका लागि प्रहरीले भरतपुर महानगरमा लिखित रुपमा निवेदन पेश गरेको र मेयर समस्या समाधानमा सकरात्मक रहेको समेत उहाँले जानकारी दिनुभयो । महिलाअधिकारकर्मी मीना खरेलले सुरक्षा र विकास जोडिनुपर्ने बताउनुभयो । सुरक्षा एकातिर विकास अर्कोतिर हुदाँ अपराध बढिरहने भन्दै उहाँले सीसी क्यामरा मर्मतको विषयलाई गम्भिर रुपमा सोच्न स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।
    यसैबीच,
    जिल्लास्थित सामाजिक संघसंस्थाहरुको तर्फबाट आज संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध रुपमा महिलामाथि आपराधिक घटनाहरु बढ्दै जानु र दोषीलाई कानुनी कठघरामा ल्याउन नसक्नु साथै सुरक्षा निकायले न्यायिक परिणाम निकाल्न नसक्दा आपराधिक क्रियाकलाप मौलाउंदै गइरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका छन् ।

    यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक मीना खरेल र सहसंयोजक संगिता भट्टराई द्धारा हस्ताक्षरित विज्ञप्तीमा देशको विभिन्न भागमा महिलामाथि अनेक प्रकृतिका हत्या हिंसा र बलत्कारका घटनाहरु बढिरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षीय युवती सुजिता भण्डारी नौ दिनसम्म बेपत्ता भई मृत अवस्थामा फेला पर्नु घटना रहस्यमय बनाएको छ साथै यस घटनाले गम्भिर आशंकाहरु जन्माएको छ विज्ञप्तीमा भनिएको छ ।

    सुजिता स्वयम्ले आफु अपहरणमा परेको सुचना समयमै दिएपनि खोजी कार्य फितलो हुनु र अनुसन्धानले परिणाम हासिल गर्न नसक्नुले घटना थप रहस्यमय बन्दै गइरहेको छ । हामी सुजिता भण्डारी प्रकरणको यथाशीघ्र निष्पक्ष, स्वतन्त्र र सुक्ष्म अनुसन्धान मार्फत घटनामा संलग्न दोषीको पहिचान गरि जतिसक्दो छिटो सार्वजनिक गर्न र यस्ता घटनाहरु पुनः दोहोरिन नदिनका लागि कडा सुरक्षा व्यवस्था गर्न र दोषीलाई हदैसम्मको सजाय गरी पिडितलाई न्यायको अनुभुति दिलाउन ध्यानाकर्षण गराउंदछौ विज्ञप्तीमा उल्लेख छ ।

    यसैबीच, अधिकारकर्मीहरुले चितवनबाटै गैडाकोटकी २१ बर्षीय बिना सापकोटा हराइरहेको र आजसम्म पनि फेला पार्न नसकेकोले निजको अवस्था पत्ता लगाई जीवन रक्षाको लागि सुक्ष्म अनुसन्धान गर्न समेत जोडदार माग गरेका छन् ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.