चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा प्रहरीमाथि ढुंगामुढा गर्ने र राजमार्गमा आगजनी गर्ने दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर २ काशीगाँउका सुरज डल्लाकोटी र वडा नम्बर १ शाही चोकका अनिष बस्नेत रहेका छन । प्रहरीका अनुसार आज अपरान्ह ४ बजे खैरहनी नगरपालिका वडा नम्बर१ ज्यामिरे शाही चोकमा आगजनी तथा ढुङ्गामुढा गरी राष्ट्रिय राजमार्गमा अवरोध सृजना गर्ने, ढुङ्गा मुढा गरी तथा धाक धम्की दिई सवारी आवागमनमा अवरोध गर्ने तथा प्रहरी टोलीमाथि समेत ढुङ्गा मुढा गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमाथि चितवन जिल्ला अदालतबाट गरी म्याद थप थरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।








