काठमाडौँ । चर्चित हाँस्य टेलिसिरियल सक्किगो निका ‘बले’ अर्थात सागर लम्साल र मोडल रियाशा दाहालको अभिनय रहेको ‘रंगीन संसार…’ बोलको नयाँ गीतको भिडियो बजारमा आएको छ ।
स्थापित गीतकार बिपिन किरणको रचना रहेको गीतलाई गायक किरण भूजेल तथा गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतमा दीपक शर्माले संगीत भरेका छन् भने पुरुषोत्तम सुबेदीले संगीत संयोजन गरेका छन् ।
निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा बले र रियाशासहित विजय डंगोल तथा श्रवणी थापाले पनि अभिनय गरेका छन् । यस्तै, बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।








