• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लकडाउनकै बीच भक्तपुरका किसानहरु धानको बीउ छर्न व्यस्त

  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । लकडाउनकै बीच भक्तपुरका किसानहरु धानको बीउ छर्न व्यस्त भएका छन् । खेतबारी खाली नहुँदै यहाँका किसानहरुलाई धानको बीउ छर्ने हतारो भएको हो ।

    प्रि–मनसुन लम्बिँदा धेरैका खेतमा गहुँ काटिसकिइएको छैन । निरन्तरको वर्षाले गहुँ काट्न किसानलाई सकस भएको हो तर असार नजिकिएसँगै बीउ राख्न यहाँका किसान हतारिएका छन् । यस वर्ष लकडाउनले गर्दा धानको बीउ ढिलो गरी बजार आउँदा पनि किसानले चाँडै बीउ राख्न नभएको बताएका छन् । उनीहरुको अनुसार अघिल्लो वर्ष बैशाखको अन्तिम र जेठको पहिलो हप्ताभित्रै धानको बीउ राखिसकेको थियो ।

    अघिल्लो वर्ष वैशाखमै धानको बीउ जोहो गरेकोमा यसवर्ष जेठ पहिलो सातामात्रै धानको बीउ पाउन सकिएको भक्तपुरको चाँगुनारायण नपा ५ पिखेलकी किसान जानुका थापाले सुनाइन् ।‘गत वर्ष त वैशाखमै धानको बीउ किनेर ब्याड हालेकी थिएँ’, उनी भन्छिन्, ‘तर यसपालि लकडाउनले गर्दा बजारमा मल ढिलो आउँदा बीउ राख्न पनि ढिलो भयो ।’

    उनका अनुसार यस वर्ष वर्षा भइरहँदा पनि धानको बीउ राख्न ढिलाइ भएको हो । धानको बीउ हालेको करिब २० दिनभित्र रोपाइँ गरिन्छ । यहाँको सिंचाइ हुने खेतमा जेठको अन्तिम हप्तामै रोपाइँ हुँदै आएको छ तर यस वर्ष धानको बीउ राख्नै ढिलो भएकाले रोपाइँ पनि ढिलो गरी सुरु हुने किसान थापा बताउँछिन् ।
    बढी उत्पादन हुने भएकाले यहाँका अधिकांश किसानले चिनियाँ हाइब्रिड धान रोप्दै आएका छन् । पछिल्लो समय भक्तपुरका ७० प्रतिशतभन्दा बढी किसानले चिनियाँ धान लगाउन थालेको बताइन्छ ।

    नपाले बाँडेको थियो धानको बीउ

    बजारमा चिनियाँ धानको बीउ आउन ढिलाइ भएपछि यहाँका चारवटै नपाले आफ्नो नगर क्षेत्रका किसानलाई धानको बीउ वितरण गरेका थिए । भक्तपुर नपाले प्रतिकिसान एकपाठी अर्थात साढे दुई किलो स्थानीय टाइचिन धानको बीउ निःशुल्क वितरण गरेको थियो । त्यस्तै मध्यपुर थिमि नपाले प्रतिकिसान एककिलो धानको बीउ निःशुल्क वितरण गर्दा सूर्यविनायक नपाले ६० प्रतिशत छुट र चाँगुनारायण नपाले ५० प्रतिशत छुटमा धानको बीउ वितरण गरेका थिए ।
    बजारमा चिनियाँ धानको बीउ नआउने डरले अधिकांश किसानले नपाले दिएको धानको बीउ लिएका थिए । नपाले दिएको अनुदानको बीउ लिएका अधिकांश किसानले बजारमा चिनियाँ हाइब्रिड धान आएपछि उक्त धानको बीउ पनि किनेका थिए ।

    जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार भक्तपुरमा कूल चार हजार तीन सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । उक्त क्षेत्रफलमा धान खेती गर्न भक्तपुरका किसानलाई करिब २० टन धानको बीउ आवश्यक पर्ने केन्द्रले जनाएको छ । जसमा करिब १५ टन चिनियाँ हाइब्रिड धानको बीउ खपत हुँदै आएको यहाँका बीउबिजन व्यवसायीहरु बताउँछन् ।

    भक्तपुर नेपालभरकै सबैभन्दा बढी धान उत्पादकत्व भएको जिल्ला मानिन्छ । यहाँ एक हेक्टर क्षेत्रफलमा करिब ६ मेट्रिक टन धान उत्पादन हुने बताइन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.