चितवन । लागू औषध प्रयोगकर्ताको उपचार गर्दै आएको लाईफ केयर सुधार केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । चितवनमा पहिलो पटक केन्द्रले भरतपुर ५ को आफ्नै प्राङ्गणमा तालिम आयोजना गरेको थियो । सुधार केन्द्रमा रहेकाको मानसिक शारीरिक सुधारका साथै नेतृत्व क्षमता अभिवृद्धि गर्नका लागि तालिम आयोजना गरिएको हो ।
तालिममा सो वडामा रहेका विभिन्न टोल विकास संस्थाका महिलाहरुले समेत सहभागिता जनाएका थिए । असार २३ गते देखि २५ गते सम्म तालिम संचालन भएको थियो । २६ गते आज (शनिबार) समान्य कार्यक्रम गरि समापन गरिएको हो । सहभागि सम्पूर्णलाई भरतपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदम पाणी सुवेदीको प्रमुख आतिथ्यतामा अविर, दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । लाईफ केयरको बारेमा नबुझेका व्यक्तिहरुले यसले समाजमा विकृर्ती फैलाएको गुनासो वडा कार्यालयमा आएको उहाँले बताउनुभयो ।
यस संस्थाले लागू औषधमा फसेर गन्तव्य भुलेका यूवाहरुलाई पूर्नजिवन दिने काम गरेको सम्झाई पठाएको वडाध्यक्ष सुवेदीको भनाई थियो । उहाँले केन्द्रमा रहेकालाई जीवन उपयोगी सिप सिकाउन आग्रह गर्नुभएको छ । सिप सिकाय उनीहरु आफ्नो जीवनमा अघि बढ्ने बताउनुभयो । समाजमा फर्काउदा एउटा फरक जिम्मेवार, नेतृत्वकर्ता व्यक्ति आउने बताउनुभएको थियो ।
साथै उहाँले वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागि लक्ष्मि भण्डारीले लाईफ कियरलाई आफुहरुले गलत सोचेको अनुभुति भएको बताउनुभएको थियो । स्थानिय भण्डारीले भन्नुभयो, वरिपरि केहि नदेखिने गरि बारिएको छ । भित्र नराम्रो काम हुन्छ कि के हो ? यहाँत बिग्रियको मान्छेहरु मात्र बस्छन भन्ने लागेको थियो ।
तर, तालिममा सहभागि हुन पाउनुका साथै केन्द्रको काम भित्र देखि देख्न पाउदा आफुहरुको सोचाई गलत भएको उहाँले बताउनुभएको थियो । भण्डारी सहित सहभागि अन्य स्थानियहरुले लाईफ कियरको अन्य कार्यक्रमहरुमा पनि सहभागि हुन चाहेको इच्छा प्रकट गरेका थिए । तीन दिने नेतृत्व विकास तालिमबाट जस्तो सुकैे कार्यक्रममा गयर पनि बोल्न सक्छु, दुई शब्द भए पनि राख्न सक्छु । नेतृत्व गर्न सक्छु । जस्ता मनमा आट आएको सहभागिहरुको भनाई थियो ।
लाईफ केयर सुधार केन्द्रका प्रमुख ज्ञानु जङ्ग लामाले केन्द्रले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाने जानकारी दिनुभएको छ । कार्यक्रममा स्थानिय बासिको साथ सहयोग रहने विश्वास उहाँको छ । साथै लामाले लागू औषधमा फसेका ३ जनालाई प्रत्येक वर्ष वडाको सिफारिसमा निशुल्क सेवा दिने बताउनुभयो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बिष्णु खराल, नेपाली कांग्रेस वडा नं. ५ सल्लाकार झलक बहादुर गुरुङ, राप्रपा वडाध्यक्ष चन्द्र भुसाल, त्रिवेणी टोल विसका संस्थाका अध्यक्ष रामशरण प्याकुरेल, गुलाब टोल विकास संस्थाका अध्यक्ष प्रकास मल्ल, लाईफ केयरका कार्यक्रम संचालक सुवास कायस्था, कुष्ण न्यौपाने, सुवास लामा लगायतको सहभागिता रहेको थियो । मनिस गौतमले कार्यक्रमको सहजि करण गर्नुभएको थियो ।








