वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका ९ जना कोरोना संक्रमित निको भई शनिबार डिस्चार्ज भएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि पर्सा र रौतहटका ३(३ जना, बाराका २ जना र एक जना भारतीय नागरिकलाई डिस्चार्ज गरिएको जानकारि दिए ।








