काठमाडौं । स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो ।
यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो।









