चितवन । पछिल्लो २४ घण्टामा जिल्लाभर १३२ जना कोरोनामुक्त भएका छन् ।
चितवनमा एकैदिन एक सय भन्दा बढीले कोरोना भाइरस जितेका हुन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०६ पुगेको को छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
थपिएका संक्रमित मध्ये ४० जना पिसिआर परीक्षणबाट हुन् भने २ जना एन्टिजेनबाट हुन् । उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ३२ जना छन् । यस्तै माडीका १, रत्ननगरका ४, राप्तीका २, कालिकाका १ र इच्छाकामना गाउँपालिकाका २ जना जना रहेका छन् ।
यससँगै अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १७ हजार ३५७ पुगेको छ । संक्रमित मध्ये १ हजार ३५७ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार २२६ जना होम आइसोलेसनमा छन् भने १०८ जना अस्पताल तथा २३ जना संस्थागत आइसोलेसनमा छन् ।








