• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु

  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

    कोरोनाका कारण विदेशबाट फर्केर आएका र पैसा र धितोको अभावले बेरोजगार बनेका युवा तथा युवतीहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो । सो कार्यक्रम अञ्चालनको लागि नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक करोड रुपैया विनियोजन गरेको थियो । सो कार्यक्रम सञ्चालनको लागि २०७७ पौष १ गते नगरपालिका र नेपाल बैंक बीच सम्झौता श्रोत व्यक्ति विश्वास श्रेष्ठले जानकारी दिए । नगरपालिकाको एक करोड र नेपाल बैंकको साढे २ करोड गरी साढे तीन करोड लगानी गर्ने गरी बैंकसंग सम्झौता भएको छ ।

    आर्थिक बर्ष २०७७÷७८ का विनियोजन गरेको एक करोड रुपैयाबाट १०० जना र आगामी आर्थिक बर्षको लागि विनियोजन गरिएको एक करोड रुपैयाबाट १०० जना गरी २०० जनालाई स्वरोजगार बनाउने योजना नगरपालिकाको रहेको छ । कार्यक्रम अन्तर्गत नेपाल बैंकले कर्जा लगानी गरेको छ भने त्यसको व्याज नगरपालिकाले तिर्ने छ । महिला उद्यमीका लागि ६ प्रतिशत व्याज मध्ये २ प्रतिशत नगरपालिकाले र बाँकी ४ प्रतिशत नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदान र अन्य उद्यमीको हकमा ५ प्रतिशत व्याज मध्ये ३ प्रतिशत नगरपालिका र बाँकी ३ प्रतिशत व्याज नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदानमा मिलाउने गरी नेपाल बैंक संग सम्झौता गरिएको मेयर नारायण वनले जानकारी दिए ।

    नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले १३ जनालाई चेक हस्तान्तरण गरेका छन । पहिलो चरणमा रत्ननगर १ को सौराहा गुर्मे बेकरीका सञ्चालक किशोर गिरी क्षेत्री,सोही वडाको वन्स अ टी ग्यारेजका सञ्चालक उत्सव कुँवर,रत्ननगर ३ को दुवाडी श्रृङ्गारकी सञ्चालिका शर्मिला गौतम,सोही वडाको हुमा जनरल स्टोर्सकी सञ्चालिक हुमावती गिरी, रत्ननगर ४ को इभान ब्युटीपार्लर एण्ड कस्मेटीक सपकी सञ्चालिका बबिता घर्ती मगर,रत्ननगर ५ को सुष्मा वेकरीकी सुष्मा महतो, रत्ननगर ९ को दिब्यान्स फ्रेस हाउसका सञ्चालक दिपेन्द्र चौधरी कर्जा पाएका छन् ।

    त्यसैगरी रत्ननगर ९ को सफलता वंगुरपालन फर्मकी सञ्चालिका सन्तमाया चेपाङ, रत्ननगर १० नवयुग पशुपंक्षी तथा कृषि फार्मकी सञ्चालिका राधा नेपाली, रत्ननगर १० को रत्ननगर च्याउ फर्मकी सञ्चालिका गगनमाया गुरुङ, रत्ननगर १२ को कृष्ण पशु फर्मका सञ्चालक कृष्ण क्षेत्री रत्ननगर १६ को काली बाख्रापालन फर्मका सञ्चालक बिवेक लामा र सोही वडाको खतिवडा बाख्रा फर्मका सञ्चालक कृष्णमणि खतिवडाले विना घितो,विना व्याज कर्जा पाएका छन् । सो अबसरमा मेयर वनले नगर भित्रै रोजगारी सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम सुरु गरिएको बताए । चालु आर्थिक बर्षमा १०० जना र आगामी आर्थिक बर्षमा १०० जनालाई उद्यमी बनाइने उनले बताए ।

    कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुको सीप र पुँजिलाई स्वादेशमा लगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको भन्दै मेयर वनले पैसा र धितोको अभावले उद्यम गर्न नसकेकालाई प्राथमिकता दिइने बताए । कार्यक्रममा उपमेयर दुवाडीले रकम थोरै भएपनि आफै ठाउ,आफै गाउँमा केही गर्न चाहनेका लागि उक्त कर्जा दरिलो माध्यम भएको बताइन । प्रमुख प्रशासकीय अधिकृत पौडेलले सीप,जाँगर र उत्सहा भएका र पैसा नभएर बेरोजगार बनेका युवाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम आएको बताए ।

    यो स्थानीय सरकारले प्रदान गरेको सुनौलो अबसर हो उनले भने यसको सदुपयोग कत्तिको गर्न सकिन्छ भन्ने कुरा तपाईहरुको हातमा छ । नेपाल बैंक टाँडी शाखाका प्रबन्धक रविन्द्र गिरीले उद्यमशिलता प्रर्बद्धन कार्यक्रमको उद्देश्य र प्रक्रियाहरुको बारेमा जानकारी गराएका थिए ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.