चितबन । जिल्लामा ६ महिनामा मानव अधिकार उलंघनका घटनाहरु घटेको देखिएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बारे जानकारी दिन र ६ महिना भरीको घटनाहरुको समिक्षा गर्न चितबनमा आज आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु समेत समाबेश गर्ने गरेको छ । २०७७ पुस १७ देखि ०७८ असार १६ गते सम्म संकलन भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बारे कार्यक्रममा इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुभएको थियो ।
प्रतिवेदनमा बालिका बलात्कारका १३ महिला बलात्कार ६, बालिका बलात्कार प्रयास ३ महिला बलात्कार प्रयास २ ओटा घटना रहेको छ । यसैगरि १ पुरुषको हत्या र बाल यौन दुरुपयोगको १० घटना रहेको छ ।बहुविवाहमा ३ आत्महत्या दुरुत्साहनमा १ , बालिका बेचबिखनमा १ , बालविवाहमा १ , बालिका अपहरण १ रहेको मानवअधिकार वर्षपुस्तकका लागि इन्सेकले समिक्षाको अबसरमा जानकारी गराएको छ ।
त्यस्तै समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले अहिलेको समाज कता गइरहेको छ भन्ने बिषयमा सम्बेदनशिल भएर अघि वढ्नुपर्ने समय आएको बताउनुभएको । उहाँले हामीले चाहेको समाज अझै नवनेको बताउनुभयो । उहाँले अपराधका घटनाहरु प्रती सबैले बिरोध गर्नुपर्ने र अपराधका घटनाहरु लुकाउन नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले न्याय मर्न नदिनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा यौनहिंसा बिरुद्ध साझा अभियानकी सहसंयोजक महिला अधिकारकर्मी संगिता भट्टराई , नेपाल पत्रकार महासघका अध्यक्ष नारायण अधिकारी वार एसोसिएसन पूर्व अध्यक्ष जगन्नाथ भण्डारी लगाएको उपस्थिती रहेको थियो ।








