• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्तरिक राजश्व कार्यालय भरतपुरको बार्षिक राजश्व असुली लक्ष्य भन्दा १२ प्रतिशत कम

  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक राजश्व कार्यालय,भरतपुरले आर्थिक बर्ष ०७७,०७८ मा १६ अर्ब ६१ करोड ५० लाख ५५ हजार रुपैयांँ संकलन गरेको छ । विभागले उक्त बर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार को लक्ष्य दिएकोमा १२ प्रतिशत कम संकलन भई ८७ दशमलव ७४ प्रतिशत राजश्व असुली गरेको हो । कार्यालयले आयकर, ब्याजकर, मुल्यअभिवृद्धि कर, बहालकर , अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर शिर्षकबाट राजश्व असुली गर्दै आएको छ ।

    यी शिर्षकमध्ये आयकर, ब्याजकर र मुल्यअभिवृद्धि करबाट मात्रै लक्ष्य भन्दा बढी कर असुल गरेको छ भने अन्य शिर्षकमा लक्ष्य भन्दा कम राजश्व असुली भएको छ । जसअनुसार आयकर शिर्षकमा गतबर्ष २ अर्ब २१ करोड १८ लाख २३ हजार लक्ष्य दिएकोमा २ अर्ब ३३ करोड १९ लाख ९१ हजार संकलन गरेको छ । यस्तै ब्याजकर शिर्षकमा ३ करोड ६७ लाख ५६ हजार लक्ष्य दिएकोमा तेब्बरभन्दा बढी १२ करोड ७३ लाख ३१ हजार र मुल्य अभिवृद्धि कर शिर्षकमा १ अर्ब ७८ करोड ३५ लाख ६२ हजार लक्ष्य दिईएकोमा २ अर्ब ३१ करोड ८६ लाख ८४ हजार रुपैयांँ राजश्व असुली गरेको छ ।

    यस्तै बांँकी अन्य कुनैपनि शिर्षकमा कार्यालयले राजश्व असुली लक्ष्य अनुसार संकलन गर्न सकेको छैन । सबैभन्दा बढी राजश्व संकलन गर्ने अन्तःशुल्क शिर्षकमा राजश्व संकलन लक्ष्य अनुसार नहुंँदा कुल राजश्व संकलनमा असर परेको हो । यो शिर्षकमा गतबर्ष १४ अर्ब ८० करोड ५० लाख ८७ हजार लक्ष्य दिएकोमा ११ अर्ब ७८ करोड ५८ लाख १६ हजार रुपैयांँ राजश्व संकलन गरेको छ । बहाल कर शिर्षकमा ६ करोड ३० लाख ७१ हजार लक्ष्य दिइएकोमा ४ करोड ६९ लाख ९५ हजार रुपैंया संकलन ,शिक्षा सेवा कर मा ६८ लाख ७७ हजार लक्ष्य दिईएकोमा २ लाख ८४ हजार रुपैयांँ संकलन र स्वास्थ्य सेवा कर शिर्षकमा ८७ लाख ५ हजार रुपैंया लक्ष्य लिईएकोमा ३९ लाख ५४ हजार रुपैंया राजश्व संकलन भएको छ ।

    कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले यो बर्षको निशेधाज्ञामा अघिल्लो बर्षजस्तो कडा नभएकोले राजश्व संकलनमा खासै फरक नआएको बताए । ‘पर्यटनक्षेत्र बाहेक अन्य क्षेत्रबाट नियमित जस्तै कर उठेको छ उनले भने, हाम्रो मुख्य श्रोतनै अन्त शुल्क त्यसले गर्दा कुल राजश्वमा असुल परेको हो ।’ आयकर, मुल्यअभिवृद्धि र ब्याजकर शिर्षक अघिल्ला बर्षमा रहेका बक्यौता रकम यस बर्ष असुली भएकोले पनि लक्ष्य भन्दा बढी संकलन गरिएको उनको भनाई छ ।

    उनका अनुसार अन्य शिर्षकका कर शिर्षक अघिल्ला बर्ष दिईएको लक्ष्य र संकलन अनुसार पछिल्ला बर्षहरुमा तय गरिने भएकोले लक्ष्य र असुलीको अनुपातमा धेरैनै फरक परेको हो । ‘बहालकर स्थानीय सरकारमा गएपछि हामीले व्यवसायिक बहालकर मात्र लिन पाउंँने भयौं , उनले भने , अन्य शिर्षकहरु भनेको आर्थिक गतिविधि , समय परिस्थिति अनुसार पनि भर पर्दछ ।’

    शिक्षा सेवा कर शिर्षकमा बिदेश पढ्न जाने विद्यार्थी सटही गरेबापत बैंकबाट लिइने र स्वास्थ्य सेवा कर आन्तरिक राजश्व कार्यालयले खारेज गरिएकोले पनि यस शिर्षकको बांँकी बक्यौता मात्र असुली भएको हुंँदा कम राजश्व हुने गरेको नेपालले जानकारी दिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.