• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सौराहाका पर्यटन मजदुरले भन्नछन् खोप नपाए काम गर्दैनौं

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

    जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार हाल त्यहाँ दैनिक ६०÷६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् । त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उहाँका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ । स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।” सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताउनुभयो । प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उहाँको भनाइ छ ।

    आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उहाँले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताउनुभयो । सङ्घका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदूरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।” वाग्मती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । जङ्गल सफारीका लागि विश्वभरबाट यहाँ पर्यटक आउने गर्दछन् ।

    हात्तीमा चढेर गैँडालगायतका वन्यजन्तुको अवलोकन पर्यटकको पहिलो रोजाइ हुने गर्दछ । वन, वन्यजन्तु र वनस्पतिका अलवा यहाँ स्थानीय आदिवासी थारुको जीवन्त झल्कने साँस्कृतिक कार्यक्रम, सौराहा सगै जोडिएका धार्मिक स्थान पर्यटकका लागि थप आर्कषण हुन् । जङ्गल ड्राइभ, जङ्गल वाक, डंङ्गा सफारी, हात्ती र गोही प्रजनन् केन्द्र पनि सौराहा आउने पर्यटकका लागि मनोरञ्जनका थप केन्द्र बन्ने गरेका छन् ।

    सो क्षेत्रका १२० होटलमा दुई हजार ५०० श्यया सञ्चालनमा छन् । हाल कोभिडसँगै चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक वन र निकुञ्जभित्र पर्यटकले गर्ने गतिविधि रोकिइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले केही दिनभित्र नै सामुदायिक वनमा गरिने गतिविधिलाई अनुमति दिइने तयारी गरिएको बताउनुभयो ।

    सामुदायिक वनमा हात्ती सफारी, सामुदायिक वन र निकुञ्जमा जीप सफारी, दुवै ठाउँमा जङ्गल वाक, डुङ्गा सफारीलगायत गतिविधिका लागि निकुञ्जले अनुमति दिनु पर्दछ । वर्षात्का समयमा निकुञ्जभित्र हुने गतिविधि रोक्ने गरिन्छ । बाहिरको भने सधैँ खुला हुने गर्दछ । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.