• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने आवश्यक: दाहाल

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् ।

    सो अवसरमा किसानहरूको समस्यालाई मनन गरेर ३ रुपैंया नगद अनुदान दिने व्यवस्था गरेको बताउदैं उनले भरतपुर महानगर दुग्धमा प्रतिलिटर नगद अनुदान दिने स्थानिय तहमा पहिलो महानगर भएको बताईन् । महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिईरहेको बताईन् । प्रमुख दाहालले धान रोप्ने आधुनिक उपकरण, बिउ उत्पादन तथा प्रशोधनका लागी आधुनिक उपकरण, आधुनिक गोठ निर्माण सुघारमा अनुदान, जमिन जोत्न ट्रयाक्टर देखी कृषि उपज ढुवानीका लागि सवारी साधन समेत प्रदान गरिएको बताईन् ।

    सिंचाईका लागि डिप बोरिङ, स्यालो बोरिङका साथै कृषि सडक, मल बिउमा अनुदानका साथै ठूलो सिंचाई संजाल निर्माण गर्न महानगरपालिका लागिपरेको बताउदैं उनले यी सबै अनुदानहरू उत्पादकत्व र गुणस्तर बृद्धिका लागि भएकोले यसबाट अत्याधिक लाभ लिन महानगरपालिका भित्रका सम्पुर्ण किसान तथा सहकारी संस्थाहरूलाई आग्रह गरिन्। सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा न। १४ का वडा अध्यक्ष ओमप्रकास पोखरेलले महानगरपालिकाले राहत र अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि निर्माण नै अगाडी बढाएकाले आगामी दिनमा किसानले प्राप्त गर्ने अनुदान सोझै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन लागिपरेको बताए ।
    उनले भरतपुर महानगरपालिकाले गुणस्तरिय उत्पादन र उत्पादकत्व बृद्धि गर्न किसानलाई राहतस्वरूप अनुदानको निती लिएको बताए । वडा न। ६ का वडाअध्यक्ष हरीबिलास कोइरालाले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादनसँगै पशुपालन र दाना उत्पादन गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै महानगरपालिकाले प्रदान गरेको अनुदानको अधिक लाभ लिन किसानहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष भागिरथ तिमिल्सिनाले भरतपुर महानगरपालिकाले २५ पैसा प्रतिलिटर अनुदानबाट शुरु गरेको सकारात्मक पहल १ रुपैंयां हुँदै ३ रुपैंया पु¥याएकोमा महानगरलाई बधाई दिए ।

    उनले भने, ‘भरतपुर महानगर र यसको प्रमुखको यो कदमले आम उत्पादक किसानको मन जितेको छ, अनुदान उत्पादनकै आधारमा हुनुपर्छ ।’ उनले आवश्यकताका आधारमा अनुदानलाई प्रोत्साहित गरी उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिका पशुपंक्षी महाशाखा प्रमुख मेघराज ढकालले भरतपुर महानगरले अनुदान तथा कृषि क्षेत्रको समग्र विकासका लागि कार्यविधि बनाई पारदर्शी र व्यवस्थित बनाईएको बताउदैं दुग्ध उत्पादन बृद्धि र गुणस्तर विकासका लागि ३ रुपैंया अनुदान दिएको बताए ।

    उनले दुग्धसंगै तरकारी, मत्स्य तथा मासु जन्य उत्पादनको क्षेत्रमा समेत महानगरले अनुदानका लागि काम गरिररहेको उल्लेख गरे । अन्नपूर्ण दुध सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले दुग्ध उत्पादक किसानहरूको समस्या बुझेर दुध उत्पादन किसानहरूलाई उत्पादनको आधारमा ३ रुपैंया प्रतिलिटर अनुदान दिने निर्णय गरेकोमा महानगर प्रमुख रेनु दाहाल, महानगरका जनप्रतिनिधी तथा महाशाखालाई बधाई दिए ।

    कार्यक्रममा किसान प्रगति सहकारीका अध्यक्ष लिला बहादुर भण्डारीले भरतपुर महानगरले दुग्ध उत्पादक किसान र समग्र कृषि क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनहरुमा पनि यसलाई अझैं बढाएर लैजानुपर्नेमा जोड दिए । उनले दुग्धमा दिईएको अनुदानले किसानहरुमा ठूलो उत्साह जगाएको भन्दै अनुदानको सही सदुपयोग गुणस्तर बृद्धिका साथै उत्पादनलाई दोब्बर बनाएर लाभ लिन सहकारी तथा किसानहरूलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडाअध्यक्ष नारायण कुँवरले भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान बृद्धि गरी ३ रुपैंया पु¥याएकोमा पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दै कृषिकर्मका लागि अपरिहार्य मानिएको सिंचाईको प्रबन्ध मिलाईदिन आग्रह गरे ।

    नेपाली काँग्रेसका वडाअध्यक्ष सूर्य अधिकारीले दुग्ध बेच्ने किसानहरूको समस्या दुधमा ३ रूपया बृद्धि गरेर महानगरपालिकाले सम्बोधन गरेको बताए । एमालेका वडाअध्यक्ष रामनाथ अधिकारीले भरतपुर महानगरपालिकाको मूल नेतृत्व मेयर दाहाल भरतपुरको समग्र विकासका लागि कम्मर कसेर लागिपरेको बताउदैं दुग्ध किसानहरुलाई दिईएको अनुदान ठुलो राहत बनेको विश्वास व्यक्त गरे ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.