• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अटोमोबाइल व्यवसायी भन्छन: सरकार व्यवसाय खोल्ने वातावरण बनाउ !

  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाइल फोटो

    चितवन । लामोसमयदेखि जारी लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै अटोमोवाइल व्यवसायीले लकडाउनको स्वरुप परिवर्तन गर्न माग गरेका छन् । यसअघि अटोमोबाइल व्यवसायले राम्रै गतिलिए पनि लकडाउनपछि व्यवसाय ठप्प भएको र दैनिक घाटा व्यहोनुपरेको भन्दै उनीहरुले लकडाउनलाई व्यवस्थापन गर्न माग गरेका हुन् । अटोमोबाइल व्यवसायमा बैंकको लगानीमा निर्भर रहनुपर्ने तथा यसको दैनिक खर्च पनि उत्तिकै हुने भएकोले लकडाउन मात्र बिकल्प हुन नहुने उनीहरुको गुनासो छ । भरतपुर र नारायणगढमा छुट्टा–छुट्टै गाडी र मोटरसाइकलको शोरुम राखेका सञ्चालक राजन पिया बैंकको ब्याज महीनैपिच्छे थपिएको र गाडीको ह्रासकट्टी एवं यातायात करपनि थपिदै गएकोले आफूहरुलाई दोहोरो तेहेरो मार परेको बताउंँछन् । लकडाउनको समय अझैपनि अनिश्चित भएको र आफ्ना कर्मचारीलाई समेत हेर्नुपर्ने हुंँदा दैनिक व्यय भार परेको पियाले बताए । ‘एकत लकडाउन मात्र विकल्प होइन उनले भने, ‘अर्कोकुरा यससँग सम्बन्धित उद्योग व्यवसाय पनि खोल्दै जानुपर्छ ।’ अन्य आर्थिक गतिविधिलाई सुरक्षा मापदण्ड अपनाएर चलायमान बनाउँदै यस क्षेत्रपनि खोल्नुपर्ने उनको माग छ । व्यवसायीले आफ्नो व्यवसाय खोलेर सेवा दिएपनि भन्सार, यातायात व्यवस्था सेवा कार्यालय नखुलेसम्म आफ्नो व्यवसायले गति नलिने बताएका छन् । नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं सफल मोटर्सका सञ्चालक गोपाल भट्टराई अबपनि लकडाउन लम्बिए व्यवसायनै विस्थापित हुने खतरा रहेको बताउँछन् ।‘एकातिर व्यवसायको कारोबार शून्य छ अर्कोतिर बैंकको व्याज र स्टाफलाई तलब रोक्न मिल्दैन’, उनले भने । सरकारले निजी क्षेत्रसँग सहकार्य गरी लकडाउनलाई व्यवस्थापन गर्दै जानुपर्ने उनको भनाइ छ । अटोमोबाईल व्यवसाय ठप्प हुँदा आफूहरुले अर्डर आएको गाडीसमेत विक्री गर्न नपाइएको र अधिकांश गाडीहरु भन्सारमा थन्किदा आफूहरु थप मारमा परेको बताउँछन् चितवन अटोमोबाइल डिलर एशोसियसन चितवनका सचिव ईन्द्र रेग्मी । ‘अहिले स्कुलको नयाँ शैक्षिकको सत्र शुरु हुने समय हो’, उनले भने, ‘पहिल्यै अर्डर लिएको बस, गाडीहरु पनि दिन पाएको छैन ।’ बीमा, ह्रासकट्टी, यातायात कर, भन्सारदरमा वृद्धि जस्ता कारण व्यवसायीले थप नोक्सान व्यहोर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाएर व्यवसाय खोल्न ढिला गर्नु हुँदैन । थप लकडाउनको समय थप गर्ने हो भने भार थेग्न नसक्ने भन्दै सरकारले सबै नोक्सान व्यहोर्नुपर्ने व्यवसायीहरुको माग छ । चितवनमा मात्रै प्रत्येक वर्ष रू।२५ अर्बभन्दा बढीको टु ह्वीलर र फोर ह्वीलर गाडीको कारोबार हुने अनुमान छ । यहाँ संघमा आबद्ध ४२ ओटा डिलर व्यवसाय छन् भने यस क्षेत्रमा १ हजार भन्दा बढी व्यक्ति आश्रित छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.