चितवन । चितवनमा स्थानीय तहहरुले भारतीय नाकामा आएका नागरिकलाई उद्दार गरि ल्याउने काम तीव्र रुपमा अघि बढाएका छन्। आजमात्रै सिमानाका सुनौली हुदै आएका ३० जना चितवनवासिलाइ भरतपुर महानगरको अगुवाइ र सहयोगमा उद्दार गरि ल्याइदै छ। भरतपुर महानगर प्रमुख रेनु दाहालका प्रमुख स्विकिय सचिव गोपालकृष्ण न्यौपानेका अनुसार आज ल्याइदै गरिएकाहरुमा २५ जना भरतपुरका र अन्य कालिका,रत्ननगर र राप्ती नगरपालिकाका रहेका छन्। महानगर प्रमुख रेनु दाहालले आज ल्याइदै गरेका नागरिकलाई वडा स्तरमा तयार गरिएका क्वारेन्टिनमा राखिने र आवश्यक स्वास्थ्य जाँच पछि मात्रै घर पठाइने जानकारि दिनुभयो।भारतीय सिमामा आएका नागरिकलाई लिन भरतपुर वडा नं २३ का वडाअध्यक्ष नरिनारायण पौडेलको नेतृत्वमा आज बिहान एक टोली त्यसतर्फ प्रस्थान गरेको थियो। केहिदिन अघि माडी नगरपालिकाका मेयर ठाकुर ढकाल आफै गएर सिमामा आएका नागरिकलाई ल्याउनु भएको थियो।। चितवनमा सवै स्थानीय तहमा गरि ९८ वडा रहेकोमा अधिकांशमा क्वारेन्टिन तयारी रहेको र केहिमा बन्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।








