चितवन । चितवनको माडी कुसुमखोका आर्थिक स्थिती कमजोर भएका प्रजा परिवारलाई खाद्यान्न सहयोग मिलेको छ । मितेरी फाउण्डेशन नेपालकी उपाध्यक्ष एवम् चितवनकी पत्रकार अनिता खनालले प्रजा परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन् । खनालले उनिहरुको स्थिती दयनिय देखेर आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, चिउरा, दालमोठ, सलाई, सहित एक थान त्रिपाल सहयोग गरेकी छन्न ।काजीमान प्रजा, उनकी श्रीमती नैनीमाया र पाँच वर्षकी छोरीले नुन, खुर्सानी र पानीसँग निस्तो भात खानुपर्ने बाध्यता थियो ।
चितवनकी खनालले फाउण्डेशन मार्फत पनि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेर काम गर्दै आएकी छन् । कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा अहिले प्रजा दम्पती मात्र बस्छन । वसन्तपुर बजारदेखि दर्जन बढी पुल नभएका खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका–९ मा रहेको कुसुमखोला पुगिन्छ ।
वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा रहेको यो ठाउँमा वर्षामा खोला बढ्न्ने भएकाले पुग्न निकै कठिन छ । राहत माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल मार्फत उनीहरुको परिवारमा पुराईएको थियो । गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै हात्ती लगाएर भत्काएपछि अन्य परिवार यहाँबाट विस्थापित भएका थिए । तर, काजीमान र नैनीमाया भने यहीँ छन ।
१५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन ।
विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइएको भएपनि लालपुर्जाविना खोलाको छेउमा एक कट्ठाका दिनेभनेर हटाउन खोजिएकाले त्यसको विरोध गर्दै उनीहरु सो ठाउँ छाड्न मानेका छैन्न् ।








