• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको सङ्ख्या दोब्बरले वृद्धि

  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । स्थानीय तहले सीमित विषयको मुद्दामामिला छिनोफानो गर्ने जिम्मा पाएसँगै उजुरीको सङ््ख्या समेत वृद्धि हुँदै आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा दुई गुणा बढी मुद्दा परेका छन् । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक ओमकुमारी महतोकाअनुसार नगरपालिकाको न्यायिक समितिमा गत आव २०७७÷७८ मा १२२ वटा मुद्दा परेका छन् ।

    नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आव २०७६÷७७ मा ६५ वटा मात्रै मुद्दा दर्ता भएका थिए । नगरपालिकामा स्थापना भएको न्यायिक समितिप्रति नगरवासीको विश्वास बढ्दै जाँदा मुद्दाको सङ्ख्यामा वृद्धि भएको महतोले बताउनुभयो । न्यायिक समितिमा पर्ने मुद्दा बढेसँगै मुद्दाको किनारा लगाउने प्रकृयामा समेत वृद्धि भएको महतोको भनाइ छ । “अघिल्लो आर्थिक वर्षमा ६५ वटा मुद्दा परेका थिए भने गत आर्थिक वर्षमा १२२ वटा मुद्दा न्यायिक समितिमा दर्ता भएका छन्” न्यायिम समिति संयोजक महतोले भन्नुभयो, “गत आर्थिक वर्षमा परेका मुद्दामध्ये ८६ वटा फछ्र्यौट गरिसकेका छौँ बाँकी ३७ वटा मुद्दा पनि प्रकृयामा छन् ।”

    नगरपालिकामा उजुरी परेका विषयमा वडास्तरमा नै मेलमिलाप गर्न पहल गर्ने उल्लेख गर्दै महतोले वडामा मेलमिलाप हुन नसकेको अवस्थामा मात्रै नगरपालिकाले ती मुद्दाको विषयमा छिनोफानो गर्ने बताउनुभयो । नगरपालिकाको न्यायिक समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जितको अनुभूति हुने गरी मेलमिलाप गराइने भएकाले मुद्दाको चाप बढ्न थालेको महतोले बताउनुभयो । न्यायिक समितिमा आउने मुद्दामध्ये श्रीमान्–श्रीमतीबीचको विवाद, पारीवारिक झैझगडा तथा साँधसिमानासम्बन्धी विवाद बढी हुने गरेका महतोले जानकारी दिनुभयो ।

    न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्रभन्दा बाहिरका मुद्दाहरुसमेत न्यायिक समितिमा उजुरी आउन थालेपछि नगरवासीलाई बुझाएर अदालत तथा प्रहरीमा पठाउने गरिएको महतोले बताउनुभयो । न्यायिक समितिमा गत आव २०७७÷७८ मा श्रीमान्–श्रीमतीबीचको विवादका ३९ वटा मुद्दा परेका नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिनुभयो । मेलमिलाप सहजकर्ताले दुवै पक्षलाई एकै ठाउँमा राखेर ३१ वटा मुद्दाको मेलमिलाप गराएको भन्दै केसीले बाँकी आठ वटा मुद्दाहरु प्रकृयामा रहेका बताउनुभयो ।

    प्रकृयामा रहेका मुद्दामध्ये दुई वटा मुद्दामा उजुरीकर्ता सम्पर्कमा नआएको तथा एउटा मुद्दाको प्रतिवादी विदेश गएको बुझिएको केसीले बताउनुभयो । समितिमा परेका मुद्दामध्ये परिवारिक विवादका ८ मुद्दामा पाँच वटा मेलमिलाप गरिएको र तीन वटा प्रकृयामा रहेका उहाँको भनाइ छ । अघिल्लो आवमा जग्गाको साँध सिमाना सम्बन्धि विवादमा ३५ वटामुद्दा परेका थिए । जसमध्ये ११ वटा प्रक्रियामा रहेको भन्दै सहजकर्ता केसीले बाँकी दुई वटा मुद्दामा उजुरी दिएपछि सम्पर्कमा नआएका तथा एउटा मुद्दामा गाउँमा आफैले मिलाएका बताउनुभयो ।

    न्यायिक समितिमा लेनदेनसम्बन्धी विवादका पाँच वटा मुद्दा परेकोमा चार वटा मुद्दामा समितिले मेलमिलाप गराएको तथा एउटा उनीहरु आफैले मिलाएका केसीले बताउनुभयो । बाटोको विवादसम्बन्धी आठ वटा मुद्दा पर्दा चार वटा मेलमिलाप भएको चार वटा प्रक्रियामा रहेको केसीले जानकारी दिनुभयो । यस्तै प्रदूषण फैलाएको सम्बन्धी ६ वटा मुद्दा पर्दा चार वटामा मेलमिलाप भएको र बाँकी दुई वटा मुद्दामा दुवै पक्ष सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

    खोपानी सम्बन्धी विवादका दुई वटा मुद्दा परेकोमा एउटा मेलमिलाप भएको तथा एउटा प्रकृयामा रहेको भन्दै उहाँले पोखरीसम्बन्धी एउटा मुद्दा परेकोमा मेलमिलाप भइसकेको बताउनुभयो । साँधमा विरूवा लगाएको विषयमा ६ वटा मुद्दा पर्दा पाँच वटा समितिले मेलमिलाप गराएको तथा एउटा आफैं मिलेका छन् । कुलोसम्बन्धी पाँच वटा मुद्दामा एउटा मेलमिलाप भएको तथा दुई वटा आफैँ मिलेको भन्दै केसीले दुई वटा प्रकृयामा रहेको जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.