• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

एक सय ८५ जना कोरोना सङ्क्रमितलाई उपचार ग¥यो क्यान्सर अस्पतालले

  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो । क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ ।

    अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ । अठ्ठाइस जनाको उपचार गर्दागर्दै मृत्यु भएको छ । उपचार गरिएकामध्ये केही क्यान्सरका बिरामी, कुरुवा हुन् भने केही स्थानीय र बाहिरी जिल्लाबाट कोरोना उपचारका लागि मात्रै आएका हुन् । गत वैशाख २० गते क्यान्सर उपचारका लागि आउने बिरामीलाई कोरोना पोजेटिभ देखिएमा उपचार गर्ने गरी २० शय्याबाट यो सेवा शुरु गरिएको डा शर्माले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “क्यान्सरका बिरामीलाई सङ्क्रमण भयो भने घरमा पठाउन पनि नमिल्ने, अरु अस्पतालले पनि नहेर्ने अवस्था आएपछि सेवा शुरु गरेका हौँ ।” क्यान्सरका बिरामीलाई सङ्क्रमण भएर अरु अस्पतालमा पठाउँदा यहीँबाट चिकित्सकसमेत पठाउनुपर्ने अवस्था आएपछि यहीँबाट सेवा शुरु गरेको उहाँको भनाइ थियो । कोरोनाको दोस्रो लहर बढ्दै जाँदा सङ्क्रमितको उपचारका लागि जिल्लामा शय्या अभाव हुने देखिएपछि जेठ १ गतेदेखि सेवा विस्तार गर्दै १४० शय्या पु¥याइएको उहाँले बताउनुभयो ।

    तीमध्ये ८८ साधारण, ४० एचडियु, १२ आइसियू र चार भेन्टिलेटर रहेका थिए । उपनिर्देशक डा शर्माले भन्नुभयो, “केन्द्रदेखि जिल्लासम्मबाट कोरोना सङ्क्रमितको उपचारका लागि सघाउन आग्रह गरिएपछि वार्ड सञ्चालन गरेर सेवा दिएका हौँ ।” अस्पतालको पुरानो भवनमा रहेका वार्डलाई नयाँ भवनमा रहेका अरु वार्डसँग मिसाएर पुरानो भवनमा कोरोना सङ्क्रमिको उपचार गरिएको थियो । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि अस्पतालमा रहेको हस्पिसमा सङ्क्रमितका लागि १५ शय्या छुट्याइएको छ ।

    यहाँ हाल १० सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको पुरानो भवनमा साविककै वार्ड पुनः नियमित सञ्चालन गरी सेवा सञ्चालन गरिएको अस्पतालका नर्सिङ विभाग प्रमुख सविता पन्थीले बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना महामारीको समयमा क्यान्सरको उपचारमा कुनै असर नपर्ने गरी कोरोना सङ्क्रमितको समेत उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर उपचार गराउन आउने कतिपयलाई सङ्क्रमण हुने गरेको पाइयो । उनीहरुलाई पनि यहीँबाट क्यान्सर र कोरोना दुवैको उपचार गरिरहेका छौँ ।”

    जिल्लामा शय्या र अक्सिजन अभाव हुने देखिएपछि कोरोना उपचार विस्तार गरेको कार्यकारी निर्देशक डा गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग आफ्नै अक्सिजन प्लान्ट र पर्याप्त भौतिक पूर्वाधार भएका कारणा क्यान्सरसँगै कोरोनाको उपचार सम्भव भयो ।” यसैबीच अस्पतालमा हालसम्म ४१ हजार ५१६ को स्वाब परीक्षण गरिएको छ । गत वर्षको भदौ २४ गतेदेखि कोभिड ल्याब ९प्रयोगशाला० सञ्चालनमा आएपछि परीक्षण शुरु गरिएको हो । देशैभरि र भारतीयसमेत उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् ।

    कोरोनाको पहिलो लहरसँगै अस्पतालमा सङ्क्रमण हुन नदिन यहाँ आउने बिरामी र कुरुवाको परीक्षण शुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड ल्याब नहुँदा समस्या आएपछि ल्याब सञ्चालनमा ल्याएको उपनिर्देशक डा शर्माले बताउनुभयो । स्वाब परीक्षणको नतिजा आउन १५ दिनभन्दा बढी समय कुर्नुपर्ने बाध्यता भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तत्कालीन अवस्थामा जिल्लामा एउटा मात्रै प्रयोगशाला थियो ।

    जिल्लामा सम्भव नहुँदा कतिपय अवस्थामा काठमाडौँसमेत पठाउनुपर्ने बाध्यता झेल्नुप¥यो ।” प्रयोगशाला स्थापना गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरेर स्वीकृत दिएसँगै स्वाब परीक्षण नियमित गरेको उहाँले बताउनुभयो । अस्पतालले प्रयोगशाला सञ्चालनमा ल्याएसँगै अस्पतालका बिरामी र कुरुवासँगै बाहिरीबाट परीक्षण गर्न आउनेलाई पनि सेवा दिँदै आएको छ । उपनिर्देशक डा शर्माले खैरहनी नगरपालिका र माडी नगरपालिकासँग सम्झौता गरेर त्यहाँको आइसोलेशनमा रहेकालाई यहाँबाट स्वाब परीक्षणका सेवा दिएको बताउनुभयो ।

    यसका अतिरिक्त विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय, स्थानीयवासीलाई पनि स्वाब परीक्षणको सुविधा भएको डा शर्माले जानकारी दिनुभयो । शुरुको अवस्थामा नेपाल सरकारले रु पाँच हजार ५०० शुल्क तोके पनि आफूहरुले रु तीन हजार ५०० शुल्क लिएर सेवा शुरु गरेको उहाँको भनाइ छ । क्रमशः शुल्क घटाउँदै रु दुई हजार ५००, रु दुई हजार र हाल रु एक हजारमा परीक्षण हुने गरेको छ ।

    अस्पतालले तेस्रो लहरको तयारीस्वरूप आइसियु र एचडियुको क्षमता विस्तार गर्दै छ भने तरल अक्सिजन प्लान्ट छिट्टै सञ्चालन गर्ने जनाएको छ । हाल अस्पतालका शय्यामा भएका अक्सिजन पाइपलाइनको स्तरोन्नति र क्षमता विस्तारको काम भइरहेको छ । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.