काठमाडौं । महाराष्ट्र सरकारले पत्रकार अर्णव गोस्वामी विरुद्ध दुई वर्ष पुरानो आत्महत्या सम्बन्धी मुद्धामा छानविन गर्न निर्देशन दिएको छ। महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले भारतीय रिपब्लिक टिभिका पत्रकार गोस्वामी विरुद्धको आत्महत्या सम्बन्धि मुद्धामा पुन: अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। अवन्या नायकले उनकी आमासहित सन् २०१८ मा आत्महत्या गरेका थिए। सोही मुद्धामा गोस्वामीसहितका तीन जनालाई आरोपित मानिँदै आएको छ। उनकी छोरी आधन्या नायकले उनी विरुद्ध नयाँ उजुरी दिएसँगै गोस्वामी विरुद्ध छानविन सुरु गर्न निर्देशन दिइएको हो। अधन्याले गोस्वामी विरुद्ध मुद्धा जाहेर गर्दै अलिवाग प्रहरीले घटनाको अनुसन्धान नगरेको भन्दै उजुरी दिएकी हुन्। गोस्वामीको च्यानल रिपब्लिकले उनका बाबुले गरेको कामको पैसा नदिएकै कारण उनले आत्महत्या गरेको आरोप लाग्दै आएको छ। आत्महत्या गर्दा उनले सुसाड नोटमा गोस्वामीसहित अन्य तीन जनाले उनको कामवापतको पाँच करोड चालिसलाख नदिएको आरोप लगाएको छ। गोस्वामी विरुद्ध दर्ता भएको उजुरिमा गोस्वामीको स्वामित्व रहेको तथा रिप्वलिक टिभिको मातृ कम्पनी एआरजी आउटलायर मिडियाले ८३ लाख उनको कम्पनी कोनोर्ड डिजाइनलाई दिन बाँकी रहेको भनिएको छ। यस विषयमा गोस्वामीलाई पटक पटक आरोप लाग्दै आएको छ। दुई साता अगाडि मात्र महाराष्ट्र कंग्रेसको ट्विटरबाट नायककी पत्नी अक्क्षता नायकको भिडियो पोस्ट गरिएको थियो। भिडियोमा प्रहरी मुद्धा बन्द गर्ने रिपोर्ट दिएपछि अदालतले मुद्धा तामेलीमा राखेको उल्लेख छ। यसअघि गत महिनामात्र गोस्वामीलाई मुम्बई प्रहरीले सोनिया गान्धीमाथि मानहानी गरेको अभियोगमा बयान लिएको थियो।








