चितवन । जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत दिएको हिन्दुधर्मविरोधी अभिव्यक्तिको विरोधमा बिश्व हिन्दु युवा संघ चितवनले नाराबाजी गर्दै भट्टराईको पोस्टर जलाएको छ ।
विश्व हिन्दू युवा सङ्घ चितवनको आयोजनामा सोमवार चितवनको चौबिसकोठीमा विरोध कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य टंकनाथ पौडेल ,बिश्व हिन्दु महासंघ चितवन का अध्यक्ष प्रेम गैरे हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्ले लगायतले बोल्दै डा.भट्टराईले आगामी दिनहरूमा पनि यस्ता अभिव्यक्ति दिएमा हिन्दुसमाज चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
कार्यक्रममा विश्व हिन्दू युवा संघ ,चितवन जिल्ला अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा अध्यक्ष पौडेल हिन्दू धर्मका विरुद्ध हुने जुनसुकै गतिविधि का विरुद्ध युवा संघ खरो रुपमा उत्रने भनाई राख्नु भयो।








