चितवन । सरकारले गण्डकी प्रदेशको प्रमुखमा नेपाली काँग्रेस चितवनका नेता पृथ्वी मान सिंह गुरुङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदकोको आज (मंगलबार) बसेको बैठकले गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गरेको हो । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नेपाली काँग्रेस चितवनका पूर्व सभापति समेत हुन् ।








