पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । वालिङका २ पुरुष र १ महिलामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ ३ जना संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका २ जनामा कोरोना देखिएको छ ।








