• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अटो चलाएर जीविका चलाउँदै

  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाइल फोटो

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएको छ । उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न हुनुहुन्छ । उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेको हो । सूर्योदयदेखि साँझ अबेरसम्म तत्लीन उहाँ सवारी नपाएको दिन रितो हात घरसमेत फर्किए ।

    कमाई नभएको दिन निराश भने भएन । औसतमा दैनिक उहाँको कमाई एक हजार जति हुने गर्दछ । अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उनले बताए । “परिवारसँगै बस्न पाएको छु”, उनले भने, “दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुख दुःख साटासाट गरी बस्न पाएको छु । यसमै सन्तुष्ट छु ।” उनका परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । उनले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा बिताएको थियो । “धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए ।

    कर्जा तिर्नमै ठिक्क भयो । दुई पटक विदेशिए पनि कमाई हुन सकेन”, उनले भने, “थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो । केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो । बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन् । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए । पैसा नै बचत नहुने भएपछि घर फर्के ।” बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उनले बताए । अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नु परेको उनले बताए ।

    वैदेशिक रोजगारीमा जानुअघि उहाँ तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी भएको थियो । उहाँ विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्नुहुन्न । उनले बताए “ माटोका खाल्डोमा रातभरी बसे । ” गणेश जस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आएको छ । शुक्लाफाँटा– ३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ ।

    बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन् । “रु पाँच लाखमा आटोरिक्सा र रु तीन लाख खर्च गरेर घरमै पसल राखेको छु”, उनले भने, “अटो रिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छन् । सहजरुपमा परिवारको खर्च चलेको छ ।” एक वर्षदेखि अटो रिक्सा चलाउँदै आएका उहाँले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन ।

    अटो रिक्साबाट मात्रै दैनिक उहाँले रु एक हजार बढी रकम आम्दानी गर्दै आएको छ । रोजगारी केही नहुँदा अटो रिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उनले बताए । तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी हुनुभएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताए ।

    उनले भने , “ राजनीतिलाई थाति राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ । राजनीतिमा फर्कने योजना छैन ।” बाध्यताले जग्गा बैंकमा धितो राखेर कर्जा निकालेर अटो खरिद गरी परिवारको खर्च चलाउनुपरेको उनले बताए ।रासस

    विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
    तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
    सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.