• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अस्पतालमा कोरोनाका बिरामी बढ्न थाले, मापदण्ड पालना गरौ : डा. भोराज अधिकारी

  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोराज अधिकारीले चितवनमा कोरोनाका खतराका सूचक बढ्न थालेको बताउनु भएको छ । उहाँले कोभिड १९ (कोरोना भाईरस) का लक्षण सहितका समस्या र सहयोगको अपिल गर्दै ठूलो संख्यामा फोन म्यासेज आउन थालेको बताउनु भएको हो ।

    डा. अधिकारीले फोन कल, म्यासेज, म्यासेन्जर, भाईबरमा कोभिड लक्षणका समस्या देखिएको र सहयोगको अपिल गरेर फोन भरिन थालेको जनाउनु भएको छ । उहाँले भन्नुभयो “बेड खाली छ कि भनेर भौतारिएका आवाज फेरि बढ्यो ।” ‘ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ?’ भन्ने प्रश्न बढी देखिएको भन्दै उहाँले अगाडि भन्नुभयो “लक्षणसहित स्वाब परीक्षणको भिड एक्कासी बढेको छ ।”

    सामान्य लक्षणमा नि निमोनिया देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाई लामो हुने, कोभिड नेगेटिभ भएर पनि पहिल्यै भएको खराब असरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने, मृत्यु समेत हुने र पोष्ट कोभिड अवस्थाका अन्य खराबीले ओपिडीमा मानिस बढ्न थालेको डा. अधिकारीले बताउनु भएको छ ।

    निषेधाज्ञा शुरु हुँदा कोरोना आए जस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागे जस्तो गरी काम सक्न हतारिए जस्तो गरी भिड बढ्ने गरेको भन्दै डा. अधिकारीले भन्नुभयो “भ्याक्सिनन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगरी दादागिरी गर्नेहरु बढेका छन् ।” गत वर्ष घरेलु उपचार गरेर निको भएकाहरु पनि यस वर्ष गम्भीर बिरामी परेको भन्दै बरिष्ठ फिजिसियन डा. अधिकारीले भन्नुभयो “अघिल्लो बर्ष गुर्जोपानी भन्नेहरु फेरि अक्सिजन सिलिन्डर र डेक्सोना र भिटामिनको पत्ता लियेर गुगल हेर्दै स्वउपचारमा लागेका छन् र श्वास भुल्न थालेपछी सहयोग माग्ने गरेका छन् ।”

    कोभिडको उद्गमनस्थल भनिएको चीनमा समेत फेरी संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउन उहाँले अपिल गर्नुभएको छ ।

    सतर्कता अपनाउँ
    उहाँले सावधानी अपनाउन सुझाव पनि दिनुभएको छ । उहाँले भन्नुभयो “एसएमएस पालना गरौं । अर्थात् साबुन, माक्स, सामाजिक दूरीको नियम पालना गरौं ।” ज्वरो खोकी र श्वास बढ्ने तीन मध्ये दुई वटा लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग सल्लाह गरी कोरोना परीक्षण गर्नुपर्ने उहाँले सुझाउनु भएको छ ।

    निषेधाज्ञा वा लक्डाउन नभए पनि स्वास्थ मापदन्ड पालना गर्नुपर्ने उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो “स्वघोसित गुगल, युट्युब र अवैज्ञानिक सल्लाह लिएर समय नफालौ, ढिलो अस्पताल पुग्नेहरुलाई आईसियू चाहिने, बसाइ लामो हुने र मृत्युदर बढी हुने देखिएको छ ।”

    आफ्नो स्वास्थ्य अवस्थाबारे झुटो विवरण नदिन भन्दै उहाँले भन्नुभयो “उपचार गर्न आउदा आफ्नो कोरोना पोजिटिभ र नेगेटिभ बारे छक्काउने वा झुट बोल्ने नगरौ, मापदन्ड पालना गरौ ।”

    एकीकृत कमाण्ड सिस्टम लागू हुनुपर्छ
    कोभिड उपचारमा राज्यले पनि ध्यान दिनुपर्ने भन्दै उहाँले भन्नुभएको छ “सरकारी र गैरसरकारी सबै स्वास्थ्य संस्थाको सुबिधा र विशेषज्ञता प्रयोग गरेर नागरिक बचाउने दिर्घकालिन प्याकेजका साथ सरकारले काम गर्नुपर्छ ।”

    माहामारीमा संघीयताको कारण कार्यबिभाजनमा स्वास्थ्य क्षेत्रमा अलमल देखियोको भन्दै उहाँले यस्तो परिस्थितिमा एकीकृत कमाण्ड सिस्टम लागू हुनुपर्नेमा जोड दिनुभयो । करिब डेढ बर्षदेखि ज्यानको बाजी लगाएर उपचार गर्ने स्वास्थ्कर्मीको मनोबल गिराउने क्रियाकलाप कतैबाट हुन नहुने भन्दै उहाँले बाँच र बचाउको अभियानमा सकारात्मक सुझाब दिन लाग्नुपर्ने जनाउनु भएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.