• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सांकेतिक तस्विर

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ । प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरूपमा ल्याइएको रु तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली ल्याइएको रु दुई लाख ८५७ बराबरको अवैध मालसमान बरामद गरेको थियो ।

    दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैधरूपमा लैजाँदै गरेको रु तीन ९६ हजार, नेपालगञ्जदेखि सुर्खेतसम्म क.प्र.०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे१ज ९४३ नम्बरको जीप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको रु सात लाख ६६ हजार ८० बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

    त्यस्तै काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट रु ४० लाख २६ हजारको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । “हामीले बुधबारसम्म अवैधरूपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु ६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसमान बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसमा संलग्न आठ सवारी चालकलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।” राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

    यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र रु ५९ हजार १०० जरिवाना तोकिएको छ ।

    त्यस्तै लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भााडाबर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उहाँले भन्नुभयो, “दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ ।” त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट रु दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

    रु एक लाख २३ हजारको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.