• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव

  •   शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज डिभिजन वन कार्यालय पु-याइएको छ ।

    तीन दिनयता अन्नपूर्ण–३ पाउँदुर क्षेत्रमा देखिएको चितुवा स्थानीयवासीले पटकपटक लखेटे पनि आज सोही स्थानकै पोखरा–बागलुङ राजमार्गमा पुनःभेटिएपछि प्रहरी तथा डिभिजन वन कार्यालयमा खबर गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार दुई वर्षअघि सोही गाउँपालिकाकै रयालेमा चितुवाले मानिसलाई आक्रमण गरेको थियो । पछिल्ला वर्षमा कास्की, तनहुँ र आसपासका जिल्लामा चितुवा गाउँ बस्तीमा प्रवेश गर्ने र मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।

    गत असारमा पोखरा महानगरपालिका–८ स्थित नागबेली टोलमा चितुवा छिरेपछि वन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गाउँमा चितुवा पसेपछि स्थानीयवासीले गुहार्ने निकाय भनेको डिभिजन वन कार्यालय भए पनि चितुवालगायत हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि वन कार्यालयमा कुनै उपकरण र दक्ष जनशक्ति छैन । बस्ती पसेको चितुवा नियन्त्रणका लागि डार्टको आवश्यकता पर्दछ । यो उपकरण डिभिजन वन कार्यालयमा उपलब्ध नभएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए । उनका अनुसार यो उपकरण हाल चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानामा मात्रै छ ।

    उपकरण मगाउनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय जस्ता निकायको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेको जनाउँदै उनले हालसम्म कुनै पनि डिभिजन वन कार्यालयमा सो उपकरण उपलब्ध हुन नसकेको बताए । “चितुवा बस्ती पसेपछि शुरुमा सर्वसाधारणले डिभिजन वन कार्यालयमा खबर गर्दछन्”, उनले भने, “खबर आइसकेपछि विनाउपकरण तथा दक्ष जनशक्ति नहुँदा आफूलाई नै असुरक्षित बनाएर हामीले सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर उसको प्राकृतिक बासस्थानमा छाड्ने गरेका छौँ ।”

    पछिल्ला वर्षमा चितुवा बस्तीमा पस्नेक्रम बढेपछि सो उपकरणको व्यवस्थाका लागि माग गरिँदै आए पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको उनको गुनासो छ । “हामी उपकरणको अभावमा असुरक्षित भएर पनि चितुवालाई नियन्त्रणमा लिई प्राकृतिक बासस्थानमा छाड्न बाध्य छौँ”, बरालले भने, “सुरक्षित तवरले नियन्त्रण गर्न तालिमका साथै उपकरणको तुरुन्त व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

    प्रदेश सरकारमार्फत बस्ती छिर्ने हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि तत्काल डिभिजन वन कार्यालयमा डार्टका साथै सुरक्षा उपकरण र त्यससम्बन्धी तालिम रेपिड रेस्पोन्स टोलीको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए । चितुवालाई पर्यावरण संरक्षणका दृष्टिले महत्वपूर्ण मानिन्छ । पछिल्ला वर्षमा नेपालका विभिन्न जिल्लामा चितुवाको सङ्ख्या बढ्दो क्रममा छ ।

    यो बाघको प्रजाति हो । हाल विश्वका १४ मुलुकमा मात्रै बाघ पाइन्छ । पछिल्ला वर्षमा बाघ र मानवबीचको बढ्दो द्वन्द्व विश्वपव्यापी चुनौतीका रुपमा देखिँदै आएको छ । बाघ संरक्षण र द्वन्द्व न्यूनीकरणमा काम गर्न नेपाल सरकारले अघिल्लो वर्ष ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको थियो ।रासस

    file photo

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.