चितवन । यतिबेला समग्र विश्व नै कोरोना भाइरसको त्रासमा छ। कोरोना भाइरस नियन्त्रणका लागि सबैतिरबाट प्रयास पनि भइरहेको छ। कोरोनाको सं’क्र’म’णबाट जोगिन सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिइएको छ तर कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क तथा सेनिटाइजरलगायतका वस्तुमा कालोबजारी उच्च भएको पाइएको छ । मास्क, सेनिटाइजरलगायतका वस्तुको माग उच्च भएको मौका पारेर व्यवसायीले त्यस्ता वस्तु लुकाउने तथा बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।केही व्यापारीहरुले यसलाई पैसा कमाउने समयका रुपमा लिएका छन्। दुःख पर्दा सबैले साथ दिनुपर्ने समयमा उल्टोमानिसको जीवनसँग जोडिएको विषयमा व्यापार गर्न खोजिएको छ। मास्कको कृत्रिम अभाव सिर्जना गरेर व्यापारीहरुले अपराध गरिरहेका छन्।के अहिले बजारमा साँच्चिकै मास्कको कमी नै हो त?, फार्मेसी तथा अन्य पसलहरुमा किन सहज रुपमा सर्जिकल मास्क पाइँदैन?यी दुई प्रश्न अहिले आम रुपमा उठ्न थालेको छ। यसको जबाफको खोजी हुनुपर्छ। सरकारले मास्क लुकाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा त मानिसको जीवन जोगाउने जस्तो पुण्य काम नगरेर व्यापारीहरु किन अपराध गरिरहेका छन् ?
‘कोरोनाको असर चितवनमा पनि छ । जिल्लामा रोगको जोखिम भएको मौकामा , मुखमा लगाउने ‘मास्क’समेत अभाव हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनले ‘चितवन पनि कोरोना भाइरसको जोखिममा छ’ भनेर भनिसकेको छ । जिल्लाभर मास्कको अभाव आज स्वास्थ्य कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवन मिलेर संयुक्त रुपमा औषधि पसल तथा होलसेलमा अनुगमन गरिएको छ । अनुगमनमा क्रममा औषधि पसलहरुले एक हप्ता अगाडिदेखि नै मास्क बिक्री गर्न नपाएको आफूहरुले पाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए । कालोबजारी भएको हुनसक्ने आशंकमा आज जिल्लाका प्रमुख स्थानमा रहेका औषधि पसल तथा होलसेल व्यापारीको गोदाममा मास्कको अनुगमन गरिएको तिवारीले बताए । जिल्लामा मास्कको अभाव भएको गुनासो बढेपछि अनुगमन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । मौका छोपेर त्यसको फाइदा उठाउन खोज्नेलाई कानुनी रुपमा नै कारबाही गर्ने अधिकारसहित अनुगमन थालिएको उनको भनाइ छ ।
विशेषगरी स्वासप्रस्वासको माध्यमबाट यो रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा स्वस्थ व्यक्तिले पनि मास्क लगाएर बस्न वा काम गर्न चिकित्सकहरुले सुझाएका छन् । मेडिकल मास्क पनि चीनबाटै आउने हुँदा नेपाल निर्यात बन्द भएको व्यापारीहरुले बताएका छन् ।








