म्याग्दी। स्वास्थ्यमा समस्या देखिएपछि एकवना वडा अध्यक्षको निधन भएको छ । म्याग्दीका जिल्लाको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोका .रविको शनिवार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लाने क्रममा उनको निधन भएको जनाइएको छ । उनलाई केही समयदेखि कलेजा, मृगौला, उच्चरक्त्चापको समस्या रहेको थियो । उनी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहेका थिए ।
साथै उनले जनयुद्धकालमा जनवादी गीत रचना पनि गरेका थिए । उनको निधनप्रति मंगला गाउँपालिका र नेकपा माओवादी केन्द्र जिल्ला कमिटी म्याग्दीले शोक व्यक्त गरेका छन् ।








