• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उपचार खर्च तिर्न नसक्दा चार महिने शिशु बन्धक

  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।

    शिशुलाई उपचारका लागि यही साउन १५ गते सिलिगुडीस्थित हस्पिटल लगिएको बुबा सनमले बताए । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो । खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको रु ५४ हजार लगेर बुझाएको उनले जानकारी दिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।

    ऋण खोजेर थप रु एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताइन् । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ । हाल शिशु हस्पिटलमा एक्लै छन् । “अहिले हस्पिटलमा चार महिनाको छोरा कसरी एक्लै आमाबेगर बसिरहेको होला रु शुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपटक गरेर बुझाएकै थियौँं”, आमा शर्मिला रुँदै भन्छिन्, “फेरि भारु ५० हजार ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।”

    कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा विपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु ५४ हजार चन्दा सङ्कलन गरिएको बताए। “स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको चौधरी परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन”, उनले भने, “बच्चा नै बन्धक राखेर आमाबुबालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ ।”

    चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि शुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जली हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।

    त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताइन् । नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्याउनु परेको उनले जानकारी दिइन् ।

    “नेपालका अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोेजेको पैसा सिद्धियो”, शर्मिलाले भनिन्, “सिलिगुडीको अस्पतालमा भारु एक लाख तिरिसकेका छौं, अझै भारु ५० हजार ल्याऊ भन्छ, मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो, अब म के गरुँ ?”

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.