चितवन । पूर्वी चितवनको कालिका नगरपालिका ३ मिलिजुलीटोलबाट प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले स्थानीय २४ वर्षीय बिजय सुनारलाई मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । पोलिथिनको झोला बोकी शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट एक हजार पाँच सय थान निट्राजिपाम ट्याब्लेट आइपी र निट्राभेट १० ट्याब्लेट बरामत गरेको छ । उनलाई लागु औषध ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








