पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार स्याङ्जाका २ तथा तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो। स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना तथा तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा आइतबार कोरोना संक्रमण देखिएको हो।








