काठमाडौं । मध्य अमेरिकी मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा तीन सय बढीको मृत्यु भएको हो ।
भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् । त्यहाँको सरकारले देशभर एक महिने आपतकाल घोषणा गरेको छ ।
भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।








