चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र लायन्स क्लबको सहकार्यमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत शनिबार भरतपुर महानगरपालिका वडा नंम्बर १० हस्पिटल चोकमा लायन्स क्लब अफ भरतपुर उज्यालोको अध्यक्ष श्री प्रमिला प्रधान अगुवाईमा सोही रुटमा चल्ने चालक तथा यात्रीहरुलाई मास्क वितरण गरिएको थियो ।
उनीहरुलाई डेल्टा भाइरस , यसबाट जोगिन उपाय बारे सचेतना गरिएको थियो । सो क्रममा चालक , यात्रु तथा स्थानीय गरी ९०० जनालाई कोरोना भाइरस सचेत गराइएएको र ८०० थान मास्क र खाने पानी वितरण गरिएको हो ।








