• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कालिका नगरपालिकामा आर्दशको सम्पर्क समिती विस्तार 

  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य आजबाट शुरु गरेको छ । न्यायमुलक र हिंसारहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा आज सम्पर्क समिति गठन गरियो । अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल,रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गीरि, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ ।

    समितीको पहिलो बैठकबाट चेपागं र दलित समुदायबाट १,१ जना मनोनित गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक दुवाडीले महिलामाथिको हिंसा विरुद्ध लाग्न आफुहरुलाई साहास थपिएको बताउनुभयो । उहाँले संस्थाको उद्देश्यका अनुरुप कार्य गर्न आफुहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काग्रेस नगरसभापति राजु श्रेष्ठले कालिका नगरलाई हिंसारहित नगरको रुपमा विकास गर्न आफुहरु कटिवद्ध रहेको बचनबद्धता व्यक्त गर्दै घरभित्रको हिंसा निराकरणमा पुरुषहरु पनि ंसंगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

    कालिका नगरको अधिकाशं भुभाग पहाडी रहेकाले यहाँका सीमान्तकृत अल्पसंख्यक समुदायलाई पनि समेटेर महिला शसक्तिकरणको अभियान चलाउनुपर्ने उहाँको सुझाव थियो । पहाडी महिलाहरु घरभित्र चरम हिंसा सहन बाध्य छन् उनीहरुको हक अधिकारमा लाग्नु जरुरी छ उहाले भन्नुभयो । जोखिममा रहेको महिलाहरुको उद्धार तथा संरक्षण गर्दै प्रभावितलाई न्यायीक प्रकृयामा सघाएर कालिका समिती नेपालमै उत्कृष्ट सम्र्पक समिति बन्नोस् भन्ने कामना गरिएको छ । ससक्तिकरण बिनाको न्याय अपुरो हुने भन्दै संस्थाले विभिन्न स्थानीय तहसंगको समन्वयमा महिला ससक्तीकरणका अभियान पनि सञ्चालन गर्दैछ ।

    पीडितका आन्तरिक रूपमा दबिएर बसेको पीडालाई मलम लगाउदै संस्थाका गतिविधि अगाढी बढाइदैछ । कालिका नगरमा आर्दशको संस्थागत प्रवेशले हिंसा विरुद्धको अभियान थप ससक्त हुने विश्वास लिइएको छ । कालिकाले आर्दश जस्तो संस्था पाउंदा महिलामाथि भइरहेका हिंसाका घटनामा कमी आउने र पीडितले तथा प्रभावितले न्यायको अनुभुति सहजै गर्न सक्ने विश्वास सामाजिक अभियन्ता हरि प्रसाद भण्डारीको थियो । समाजलाई आदर्श बनाउन महिलालाई हरेक कुरामा सशक्त बनाउन यस संस्था सहयोगी बन्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष मीना खरेलले संस्थाले २०४९ सालदेखि महिलामाथिको विभेद, शोषण, दमन र अत्याचारका विरुद्ध आवाज उठाउंदै उनीको न्यायका लागि सहजीकरण्या गर्दै आएको बताउनुभयो । शहरकेन्द्रित अभियानले हिंसारहित समाजको सपना साकार पार्न नसकिने बताउंदै उहाँले आर्दशको अभियानलाई मुर्त रुप दिन जिल्लाका सबै पालिकामा वडा तथा गाउं तहलाई समेटेर सम्पर्क समिती विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

    अधिकार स्थापित गर्न र घरभित्रको हिंसा निराकरणमा सबै लाग्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष उषा खरेल सुवेदीले आर्दशको अभियानलाई सशक्त रुपमा अगाडि बढाउन जरुरी रहेकोले जिल्लाका सबै पालिकामा सम्पर्क समिती गठन गरिसकेपछि अन्य जिल्ला र प्रदेशमा शाखा विस्तार गरिने बताउनुभयो । कार्यक्रमका सञ्चालन संस्थाका सचिव पृथ्वी सुवेदीले गर्नुभएको थियो । आर्दश नारी विकास केन्द्र विगत ३० बर्षदेखि चितवनमा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि खवरदारी गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.