चितवन । चितवन जिल्लाको तेश्रो व्यापारिक केन्द्र खैरहनी नगरपालिकामा कोरोना संक्रमणदर वढ्दो क्रममा रहेको छ । यस वर्षको वैशाख यताको तुलना गर्दा यहाँ संक्रमण दर वढीरहेको छ । संक्रमणदर संगै मृत्युदर पनि वढ्दो क्रममा छ । वैशाख महिनामा कुल १४६ जनामा संक्रमण देखिएकोमा जेष्ठ,असार र साउन सम्म क्रमश उकालो लागेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जेष्ठ महिनामा वृद्धी भएर २१० जना पुग्दा असारमा २५४ र साउन महिनमा ३१९ जनामा संक्रमण भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले जानकारी दिए ।
खैरहनीमा कोरोनाको दोश्रो भेरियन्ट सुरुवात भएको वैशाख महिना र साउनको तुलना गर्दा चार महिनामा दोव्वर भन्दा वढि संक्रमण देखिएको छ । जेष्ठमा २१० बाट वढेर असारमा ४४ जना मात्र वढेपनि साउनमा भने ६५ जना वढिमा संक्रमण भएको जनस्वास्थ्य निरीक्षक अधिकारीले वताए । खैरहनीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि वढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । वैशाखमा मृत्यु शुन्य रहेपनि जेष्ठमा ४,असारमा ६ र साउनमा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारी कोरोना विरुद्धको खोप लगाएकाहरु खुल्लमखुल्ला हिड्नु कोरोना संक्रमण वढ्नुका मुख्य कारक रहेको वताउँछन् । स्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण वढ्दो छ जनस्वास्थ्य अधिकृत अधिकारी भन्छन् – खोप लगाएकामा संक्रमण कम हुने भएपनि उनीहरुबाट अरुमा सर्छ,यस तर्फ ध्यान दिनुपर्छ । खैरहनीमा आज मंगलवार सम्म कुल १०१ जनामा कोरोना सकिृय छ । मंगलवार १४ जनाले कोरोना जित्दा थप ५ जनामा कोरोना पुष्ठी भएको छ ।
अघिल्लो वर्ष देखी हाल सम्म यहाँ १ हजार ३५४ जनामा कोरोना पुष्ठी भएकोमा यो वर्षको ४ महिना १ दिनमा ९३४ जनामा संक्रमण भईसकेको छ । अघिल्लो वर्ष ९ जनाले मात्र कोरोनाका कारण ज्यान गुमाउँदा यस वर्ष थप २० जना गरि कुल २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी कोरोनाको संक्रमण वढ्न नदिन सवै नगरपालिका सचेत र सजग वन्नु पर्ने वताउँछन् । विपद विरुद्ध सवै एक जुट भएर लड्नु पर्छ नगर प्रमुख चौधरीले भने – सरकारको मात्र मुख ताक्नु भन्दा स्वयम व्यक्ती सजग,सचेत र सुरक्षित वन्नु पर्छ ।








