• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन ट्राफिक प्रहरीद्वारा साउन महिनाको राजश्व संकलन २५ लाख ७३ हजार

  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ०७८, ७९ को साउन महिनामा २५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारवाहीबाट एक महिनाको अवधिमा २५ लाख ७३ हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा २ हजार ७५७ वटा सवारीसाधनलाई कारवाही गरेको थियो ।

    सबैभन्दा बढी कारवाहीमा मोटरसाइकल चालु आवको साउन महिनामा सबैभन्दा बढी ७८६ वटा मोटरसाइकल कारवाहीमा परेका छन र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेका छन । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार रुपैयांँ राजश्व संकलन भएको छ भने १३२ वटा ट्याक्टरलाई कारवाहीबाट १ लाख ३१हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै दोस्रो सबैभन्दा बढी ६७२ वटा कार जीप भ्यान कारवाहीमा परेका छन जसबाट ६ लाख ६० हजार रुपैयांँ राजश्व संकलन भएको छ ।

    कार्यालयले ५९० वटा ट्रकट्रिपरबाट ६ लाख ११ हजार, ३०७ वटा बस माईक्रोबाट २ लाख ९० हजार र २७० वटा टेम्पो र अन्य सवारीसाधन बाट २ लाख ८ हजार रुपैयांँ राजश्व संकलन भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निशेधाज्ञा शुरु भएसंँगै कारवाहीको संख्या र राजश्व संकलन पनि तुलनात्मक रुपमा उक्त महिना कम भएको बताए । ‘निशेधाज्ञाले सवारीसाधन जोरविजोर प्रणालीमा चलेका छन उनले भने, कारवाही र जरीवाना पनि कम भएको छ ।’

    अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकोले राजश्व संकलनमा असर परेको थापाले बताए ।सवारीसाधन कम चलेपनि ट्राफिक चेकिङ्गमा कडाई गरिएको कारण राजश्व संकलन सन्तोषजनक भएको थापाको भनाई छ । एक महिनामा ११ जनाको मृत्यु, ७५ जना घाइते साउन महिना भित्र सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाईते भएका छन । मृत्यु भएका मध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन ।

    कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भिर घाईते र ५२ जना साधारण घाईते भएका थिए । एक महिनाको अवधिमा दुर्घटना संख्या ५१ वटा भएको थियो भने भने ७८ वटा सवारीसाधन दुर्घटनामा संलग्न थिए । यसबाट ट्राफिक प्रहरीले ९६ लाख ६२ हजार बराबरको सवारीसाधनको भौतिक क्षति भएको अनुमान गरेको छ । कार्यालयका प्रमुख थापाले सवारीसाधन कम चलेसंँगै दुर्घटनाको संख्या संँगै अघिल्ला महिनाहरुमा भन्दा मृत्यु र घाईतेको संख्या पनि कम भएको भए ।

    ‘सवारीसाधन कम चलेपछि हाम्रो जनशक्तिपनि सहजरुपमा परिचालन गर्न सकिन्छ । उनले भने, हामीले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न गराउन पनि निगरानी थप बढाएका छौं ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.