• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अस्पतालमा आएका बिरामीमा चिकित्सकको ‘काउन्सिलिङ’ अभाव

  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  १६ वर्ष अघि नारायणगढको शहीदचोकमा प्रहरीको राईफलको कुन्दाले कुटिएर ढाडमा ट्यूमर पलाएपछि उपचारका लागि काठमाण्डौं पुग्नु भएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । त्यसो त आफ्नै घरमा चिकित्सक रहे पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनु भएन ।

    अधिकांश चिकित्सकको परामर्शमा कमजोर हुँदा अस्पतालहरुमा धेरै समस्या आउने गर्दछन् । उठि उठि बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रिया पूर्व राम्रो परामर्श नदिंदा शल्यक्रियाका क्रममा कुनै दुर्घटना भएमा अस्पतालहरु तोडफोडका घटना समेत हुने गरेका छन् । राम्रोसँग परामर्श नपाउँदा औषधि बोकेर घर जानेहरु पूर्ण विश्वस्त भएर जान सकेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन एक सयभन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

    सरकारी अस्पतालहरुमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा परामर्श दिनै भ्याउँदैनन् । त्यसो त तिनै चिकित्सकले निजीमा पनि त्यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् । तिवारीले जनआन्दोलनमा राईफलको कुन्दाले हानेर ढाडमा पलाएको ट्यूमर शल्यक्रिया गर्न बरिष्ठ स्पाईनल सर्जन डा.विनोद बिजुक्छेकोमा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनु भएका तिवारी बिजुक्छेको परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो “चितवनमा त्यस्तो परामर्श कहाँ पाईन्छ र ? काठमाण्डौंमा अरुले के गर्छन् थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नु पर्छ ।” ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशक समेत रहनु भएका डा. विजुक्छे अस्पतालमा वरिपरी चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारी परामर्श गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो “हामी साना ठूला जस्तो सुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाको बारेमा पूर्ण रुपमा परामर्श दिने गर्छाै ।” उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाई छ । देशमा स्पाईनल सम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् ।

    बरिष्ठ मनोरोग विशेषज्ञ प्रा.डा.सिपी सेढाई बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालहरुमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।” बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्तहरु असन्तुष्ट हुने गरेको उहाँको बुझाई छ । सेढाईले भन्नुभयो “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ ।

    जति गर्नु पर्ने हो हामीले गर्न सकेका छैनौं ।” उपचारका लागि लाग्ने खर्चदेखि हुन सक्ने जटिलताका बारेमा समेत बुझाउनु पर्ने उहाँको भनाई छ । चितवन मेडिकल कलेजमा कार्यरत डा. सेढाई सबै रोगमा परमर्शको जरुरी रहेकोमा जोड दिनुहुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा.कालिदास अधिकारी चिकित्सकहरुले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालहरुमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ती छ ।

    परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालहरुमा हुने गरेको अधिकारी बताउनुहुन्छ । बुद्धिजीवि प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिका लगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।”

    पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वको रुपमा लिनुपर्ने रिमाल बताउनुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.