काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५४८ र एन्टिजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४८ हजार ९८१ र एन्टिजेनबाट ८० हजार ४६२ जना पुगेको छ । यस्तै, आज थप १९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ ।
निको हुनेको दर ९३.५ प्रतिशत छ । आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ५३३ पुगेको छ ।








