• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर अस्पताल रेडियोलोजी विभाग : जिम्मेवार छैनन् चिकित्सक

  •   मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ । अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ ।

    दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन् । रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइरहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन् । पटकपटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन् । अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ ।

    अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९।१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै हुनुहुन्थ्यो । नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आउनु भएकी ३२ वर्षीया रुपा ९नाम परिवर्तन० साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा हुनुहुन्थ्यो । गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि आनुभएकी उनीले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आउनुहुन्छ भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो । अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आउनुहुन्छ’ भन्दै थिए ।

    बिरामी भएर उपचारका लागि अस्पताल आउनुभएकी उहाँलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो । चिकित्सक कतिखेर आउने भन्ने अन्यौल थियो । सोही क्रममा काउण्टरमा रहेका कर्मचारीले भन्नुभयो “रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो । चिकित्सक कतिखेर आउनुहुन्छ थाहा हुँदैन । यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ ।” उक्त समयमा क–कसको ‘ड्यिुटी’ हो भन्ने जिज्ञासमा भने ती कर्मचारीले खुलाउन चाहेनन् । रुपा एउटी प्रतिनिधि पात्रै मात्रै हुनुहुन्छ ।

    अस्पतालमा रातका समयमा आउने सबैको समस्या उनीको जस्तै छ । अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन् । उनीलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ । रातका समयमा ड्यिुटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन् । कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआइ प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हँुदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ ।

    अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिनुहुन्छ । आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उहाँको भनाइ छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताउनुहुन्छ । अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेण्डेण्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एकसाता अघिदेखि काठमाडौँ रहनुभएका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उहाँसमेत फर्किसक्नुभएको छ ।

    अस्पतालका एक कर्मचारीले भने “अस्पताल मियो बिनाको दाइँ जस्तो भयो ।” अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेण्डेण्टका कारण अस्पतालमा काम हुनसकेको छैन । स्थिर प्रशासक नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ । यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ ।

    सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेण्डेण्ट नभएसम्म गतिलिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन् । यो अस्पताल काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ । यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.