हेटौंडा। मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ जयसिंहस्थित खोलाको किनाराबाट लागूऔषध गाँजा ४४ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ५ डिल्लिपुर बस्ने बर्ष २४ को रामचन्द्र मोक्तान र सोही ठाउँ बस्ने वर्ष २२ को अर्जुन ल्हो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, आज (शुक्रबार) बिहान ५ बजेको समयमा मनहरी–५ स्थित भारी बाकेर हिडिरहेको उनीहरुलाई चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








