हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बजार खोलेको विषयमा मकवानपुरको प्रशासनले बल प्रयोग गरि बन्द गर्न खोजे आफुहरुले अबज्ञा गर्ने बताएका छन् । लकडाउनको कारण ब्यवसायीहरु मारमा परेको र सरकारले जेठ २५ सम्म कर दाखिला गर्नको लागि भनेको भन्दै उनले यसरी ब्यवसायीहरु मारमा पर्ने बताए । उनले आज भएको विवाद प्रशासनले कुरा नबुझेको कारण भएको र आफुहरुले आज कुरा राम्ररी बुझाएको भन्दै भोलीबाट ब्यवसाय सञ्चालनमा कुनैपनि अबरोध नआउने विश्वास ब्यक्त गरे । आफुहरुले विहान ६ देखि ९ बजेसम्म सुरक्षाको सावधानी अपनाएर ब्यवसाय सञ्चालन गर्ने कुरा गरेको भन्दै उनले सामजिक तथा भौतिक दुरी कायम गरि ब्यवसाय सञ्चालन गर्न दिनको लागि उनले आग्रह समेत गरे । उनले मकवानपुरको सबै सरोकारवाला निकायहरुसँग छलफल तथा संवाद गरेर अघि बढ्न आफुहरु तयार रहेको समेत बताए ।








