• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

लकडाउनको मारमा किसानः न मुल्य पाए न त बेच्न नै

  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सात वर्षसम्म दुबईको चर्को घाममा आफ्नो पसिना बेचे, परिवारको खुसी र सुख फर्काउने उनको सपना खाडीले के पुर्याउन सक्थ्यो र रु झन्डै एक दशकअघि सुनौलो सपना बोकेर उनी फेरि स्वदेश फर्किए । विदेशबाट ल्याएको केही रकम थपथाप गरेर केही खेतबारी किने अनि तरकारी खेती थाले । सुरुका केही वर्ष त उत्पादन र बिक्री राम्रै हुन थाल्यो । उनले भाडामा बारी लिएर तरकारी खेती थप्दै जान थाले । अहिले उनले झन्डै साँढे २ बिघामा तरकारी खेती गरेका छन् । तर उनको सपना अहिले एकाएक चकनाचुर भएको छ । ‘एक बिघामा लगाएको भिन्डी बिक्री भएन, जोताउने तयारीमा छु । के गर्नु टिपेको श्रम पनि नउठ्ने भएपछि,” खैरहनी नगरपालिका १ का किसान कृष्ण सापकोटाले आफ्नो विवशता कहे । उनी मात्र होइन चितवनका सयौं किसानको हविगत उस्तै छ । कतिले बिक्री नभएपछि तरकारी जोतिसकेका छन् त कति जोत्ने तयारीमा छन् । कतिले टिपेर जैविक मल बनाएका छन् ।चितवनका किसानले कहिले दूध खाल्डोमा लगेर फाल्ने । कहिले अन्डा बाटोमा लगेर फुटाल्ने कहिले कुखुराका चल्ला खाल्डोमा लगेर पुर्ने त कहिले तरकारी बीच सडकमा लगेर ओछ्याउने नौलो घटना होइन । तर चितवनका तरकारी किसानले गत वर्षदेखि आन्दोलन र आक्रोशको स्वरूप बदलेका छन् । गत वर्ष पनि पूर्वी चितवनका किसानले उचित मूल्य नपाएको भन्दै बन्दा लगाएको बारीमा डोजर चलाए । भान्टा, काँक्रो, फर्सी बारी जोते । यो वर्ष पनि किसानले त्यस्तै पीडा खेप्नुपरेको छ । लकडाउन सुरु भएयता तरकारी बारी जोत्ने क्रम बढेको छ । यसै साता मात्रै पूर्वी चितवनकै खैरहनी नगरपालिकाका केही किसानले तरकारी बारी जोत्न सुरु गरेका हुन् । “के गर्नु अब त म विदेश जानै सक्छु न म स्वदेशमै सफल हुन सकें,” सापकोटा चिन्ता छ । उनलाई कोरोना भाइरसको चिन्ताभन्दा पनि आठजनाको परिवार कसरी पाल्ने चिन्ताले दिनहुंँ सताएको छ । उनीजस्तै सोही ठाउंँका अर्का किसान वासुदेव सापकोटाको पीडा उनको भन्दा कम छैन । उनले यही साता झन्डै ७ कठ्ठामा लगाएको भिन्डी ट्रयाक्टर लगाएर जोते । क्षणभरमै हरियाली तरकारी बारी माटोमा परिणत भयो । “पोहोरसाल त यो सिजनमा भिन्डीबाट मात्रै चार लाख रुपैयाँ कारोबार गरेको थिएँ अहिले हेर्दाहेर्दै त्यो खुसी माटोमै मिसियो,” उनी भक्कानिन्छन् । तरकारी खेतीका लागि पकड क्षेत्र पूर्वी चितवनलाई मानिन्छ । तर के थाहा कोरोना कहर र लकडाउनको भार किसानले पनि बोक्नुपर्छ भनेर । आज उनीजस्ता सयौं किसानको हविगत उस्तै छ । न तरकारी बजार लैजान सकेका छन् न त ती तरकारी स्थानीय स्तरमा बिक्री हुन सकेका छन् । “पोहोर मूल्य पाइएन अहिले बेच्न पाइएन,” उनी निराश बन्छन् । यस सिजनमा मौसमअनुकूल भएकाले सबै किसानको तरकारीको उत्पादनमा वृद्धि हुँदै थियो । “लहलाउंँदो तरकारी जोत्नुपरयो, अब मलाई तरकारी लगाउने जांँगर पनि मरिसक्यो, बरु मकै र धान रोपेको भए त जोत्नु पर्दैनथ्यो,” तरकारी खेतीप्रति उनी वितृष्णा पोख्छन् । एकातिर किसानको उपज बारीमै खेर जानु अर्कोतिर किसानको भान्सामा पुग्न नसक्नु । यी दुवैको सन्तुलन नमिल्दा पनि किसानले गरेको उत्पादन खेर गईरहेको हो । हिजोका दिन किसानलहरूले लगानीको समेत मूल्य नपाएर सडकमा कृषिउपज फालेर विरोध जनाउंँथे यी सबै आन्दोलन कृषिउपजको सही मूल्य पाउन गरिएको आन्दोलन हुन्थ्यो । तर अहिलेको अवस्था भने फरक छ । सोही ठाउंँका अर्का किसान लक्ष्मण चौधरीले लगाएको भिन्डी बिक्री नभएर जैविक मल बनाउन लागेका छन् । “लगानी यसै उठेन त्यसै उठेन, मल बजारमा पनि पाइँदैन, मल बनाएर सन्तोष लिएको छु,” उनी चित्त बुझाउँछन् । उनले एक बिघामा लगाएको भिन्डी संकलन गरेर मल बनाउन लागेका हुन् । चितवनका अधिकांश किसानको तरकारीको थोक बजार नारायणगढ, काठमाडौं र पोखरा हो । कोरोनाको कहर र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउन कारण भिड हुने भएकाले लकडाउनसंँगै सबै बजार बन्द छन् । बारीमा उत्पादन छ तर यो सहज रूपमा बजारमा ल्याउन सकिएको छैन । बजारमा ल्याए पनि बिक्री गर्ने थोकबजार बन्द छन् । एकातिर कृषि उपज खेर गइरहेको छ भने अर्कातिर उपभोक्ताको भान्सामा पुग्न सकेको छैन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.