• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर अस्तालमा बहिरंग टिकट पाउन दुई घण्टा लाईन बस्नु पर्ने बाध्यता

  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिहानको ९.२० बजेको थियो । एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै हुनुहुन्थ्यो । उहाँ बिहान ७ः३० बजे अस्पतालमा बहिरङ्ग सेवाको टिकट लिनका लागि आउनुभएको थियो । भरतपुर महानगरपालिका–५ निवासी ७५ वर्षीय चीनबहादुर देउजाले श्रीमतीलाई टिकटको लाइनमा राखेर आफू टिकटको प्रतीक्षामा हुनुहुन्थ्यो । उहाँसँग कुराकानी हुँदै गर्दा बल्लतल्ल असिनपसिन हुँदै उहाँकी श्रीमती टिकट लिएर आउनुभयो ।

    टिकट त पाउनुभयो तर आजै परीक्षण हुन्छ कि हुँदैन भन्नेमा उहाँलाई चिन्ता लागिरहेको थियो । हाडजोर्नी र नशाको समस्या लिएर उहाँ अस्पताल आउनुभएको हो । उहाँले भन्नुभयो, “पहिले पहिले त टिकट काट्ने ठाउँमा ज्येष्ठ नागरिकका लागि छट्टै लाइन हुन्थ्यो । अहिले त त्यस्तो रहेनछ ।” ज्येष्ठ नागरिकको लाइन नहुँदा बिहानेखि लाइन बस्नुपरेको उहाँको गुनासो थियो । एकातर्फ आफ्नो रोग अर्कोतर्फ कोरोनाको डरकाबीच भीडभाड देखेर उहाँको मन आत्तिएको थियो । उहाँले भन्नुभयो, “एउटा रोगको उपचार गर्दा अर्को रोग लाग्छ कि भन्ने डर लागिरहेको छ ।”

    देउजा त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । भरतपुर अस्पतालमा परीक्षणका लागि जाने सबैको अवस्था उस्तै छ । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । सहज टिकट काट्न नपाउँदा बिरामी र उनका आफन्तले कष्ट व्यहोर्दै आउनुपरेको छ । कोभिडको त्रासमा पनि कुनै स्वास्थ्य मापदण्डबिना नै बिरामी र आफन्तले टिकट काट्नुपरेको छ । कतिपयका आफन्त नभएर बिरामी आफै आउनु पर्दा झन ठूलो पीडा व्यहोर्नु पर्छ ।

    अस्पतालमा बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मात्रै बहिरङ्ग सेवाको टिकट पाइन्छ । टिकटका लागि छोटो समय दिइएका कारण एउटै समयमा भीडभाड हुने गर्दछ । भीड हुने भएपछि बिरामी बिहान ६ बजेदेखि नै लाइनमा बस्ने गर्दछन् । गैँडाकोटबाट उपचारका आउनुभएका झलक शर्मा लाइनमा बस्दाको सास्ती सुनाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “अस्पतालमा टिकट काट्नै सास्ती छ । टिकट काट्ने समयमा जनशक्ति बढाएर छिटो गर्नुप¥यो ।” बिहान देखिएको दृश्य हेर्दा अस्पतालमा कुनै हाटबजार लागे जस्तो देख्न सकिन्थ्यो ।

    बहिरङ्ग सेवाबाट उपचार लिन आउने बिरामीको लाइन लामो देख्न सकिन्थ्यो । त्यति मात्रै नभएर टिकट काउण्टर अगाडिको खाली ठाउँमा खचाखच भीडभाडले गर्दा बिरामी एउटा रोगको उपचार गर्न आउदा अर्को रोग सारेर जाने हुन कि भन्ने डर बढेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–९ का विजङग भट्टले अस्पतालको कमजोरीका कारण टिकट काउण्टरमा भीड बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोतसाधनको उपभोग गरेर टिकट काउण्टरमा भीडभाड बनाउनुभएन । चिकित्सक पनि समयमा आएर बिरामी परीक्षण गरिदिनु प¥यो ।” समयमा टिकट काटे पनि ११ बजे चिकित्सक आउने हुँदा कुरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, “टिकट काट्न लाइन बस्नुप¥यो । अनि चिकित्सक समयमा आउँदैनन् । बिरामीको समस्या कस्ले बुझ्छ ?” गितानगरबाट उपचारका लागि आउनुभएका वसन्तबहादुर थापाले अस्पतालको टिकट काउण्टरदेखि स्वास्थ्यपरीक्षण गर्दासम्म भीडभाडमा बस्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सामाजिक दुरी गाउँघरमा मात्रै हुँदोरहेछ ।” अस्पतालमा स्वास्थ्यको मापदण्डपालना नभएकोमा उहाँले गुनासो गर्नुभयो । अस्पतालमा कार्यकारी प्रमुख (मेसु) निरन्तर परिवर्तन हुँदा काम हुननसकेको हो ।

    अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सूचना प्रविधि विभागलाई अनलाइन टिकटका लागि तयारी गर्न भनिएको बताउनुभयो । यसैगरी अस्पतालमै सबै रोगको बिरामी आएपछि परीक्षण गरेर सामान्यलाई त्यहीबाट औषधि लेखेर पठाउने र जटिललाई विशेषज्ञकहाँ पठाउने गरी ९एमडिजिपी० क्लिनिक सञ्चालन गर्ने भनिएको भए पनि काम हुन नसक्दा समस्या भएको अधिकारीको भनाइ छ । गएको एक वर्षमा सातौं मेसुको कार्यभार आजबाट डा कृष्ण पौडेलले सम्हाल्नु भएको छ ।

    अस्पतालभित्रकै एक चिकित्सकले भन्नुभयो, “एक वर्षमा सात पटक स्वागत र ६ पटक बिदाइ कार्यक्रम बाहेक अस्पताल सुधारका कुनै काम हुनसकेन ।” अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बहिरङ्ग सेवाका बिरामी आउने गर्दछन् । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.