काठमाडौं । आन्तरिक राजश्व विभागले कर बुझाउनु पर्ने समयसीमा सारेको छ।यस अघि जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको विभागले चौतर्फी विरोध भएपछि समयसिमा सारेको हो। विभागले बुधबार जारी गरेको सूचना अनुसार मूल्यअभिवृद्धि कर र अन्तस्शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।३२ गते सम्म लकडाउनै बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि सरकारले समय सारेको हो।









