• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै

  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायण अधिकारी, चितवन । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ । यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ । साँझ, बिहान र बिदाका दिनमा उहाँले चौबीसकोठीको मौलाकालिका अस्पतालमा यो सेवा दिँदै आउनुभएको छ ।

    मौलाकालिकामा मात्रै २० भन्दा बढी जोर्नी प्रत्यारोपण गरेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमणका कारण नियमित यस्ता शल्यक्रिया कम भएका भए पनि पछिल्लो समय नियमित गरिएको छ । घुँडा, पुठो, कुहिनोलगायतको प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए प्रयोग गरिँदै आएको छ । त्यसको मूल्य महँगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई रु दुई लाख हाराहारी र भारतमा बनेकालाई रु एक लाख ५० हजार हाराहारी पर्दछ ।” यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महँगो पर्दछ । यो मुख्य ९मेजर० शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ । उहाँको भनाइमा बढी सङ्ख्यामा ६५ वर्ष नाघेका वृद्धवृद्धालाई यो समस्या पर्ने गर्दछ । जोर्नी खिइएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोगजस्ता सङ्क्रामक रोगका कारण र वंशाणुगत कारण यो समस्या देखिने गर्दछ । कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उहाँको भनाइ छ ।

    अत्यधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ । थापाले हाडजोर्नी तथा नसामा स्नातकोत्तर गरेपछि तीन महिना जोर्नी प्रत्यारोपणसम्बन्धी दिल्लीको एपोलो अस्पतालमा तालिम लिनुभएको छ । यस्तै भारतकै बैङ्लोरमा मरेका मानिसमा गरिने काडा भेरिक शिक्षा पनि उहाँले लिनुभएको छ । यस्तै भारतकै मुम्बई र हैदारावारमा रानावत कन्फ्रेन्ससँगै उहाँले प्रत्यारोपणको काम अघि बढाएको जानकारी दिनुभयो । यस खालका तालिम नेपालमा पनि हुने गरेका छन् ।

    ती अधिकांश तालिममा थापाको सक्रिय सहभागिता हुने गरेको छ । नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको जनाउँदै उहाँले समस्या लिएर धेरै बिरामी आउने गरेका बताउनुभयो । उहाँको भनाइमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए । आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्ने धेरै भएको डा थापा बताउनुहुन्छ । एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उहाँको अनुभव छ ।

    विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उहाँ सुझाव दिनुहुन्छ । दीर्घरोगबाट बच्न, योगा, व्यायाम गर्न, अत्यधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाइ छ । नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सक बताउँछन् । विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उहाँले नेपालमा यसको थालनी भइनसकेको बताउनुभयो । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.