पोखरा । गण्डकी प्रदेशको बागलुङ,स्याङजा,म्याग्दी र पर्वतमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनिहरुलाई संक्रमण भएको देखिएको हो । बिहिबार थप भेटिएका १६ सहित प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् । त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।









