एजेन्सी । न्युयोर्क, कब्जियत अहिले प्राय सबै मानिसको साझा स्वास्थ्य समस्या हो । कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ । सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी बृद्धबद्धा पीडित छन् । कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्ः १ प्रशस्त पानी पिउने पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण औषधी हो ।
प्रशस्त पानी र तरल पर्दाथयुक्त खाना खाँदा कब्जियतबाट बच्न सकिन्छ । तर, पानीको नाममा सोडा पानी वा अन्य पेय पर्दाथ पिउनु कब्जियतको समाधान होइन । २ फाइबरयुक्त खाना जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खानेकुरा पोषिलो मात्र होइन यसले कब्जियतबाट पनि जोगाउँछ । २ फलफुल तथा सागसब्जी ताजा फलफुल तथा सागसब्जीमा प्रशस्त फाइबर र तरल पर्दाथ हुने भएकोले हाम्रो समग्र पाचन पक्रियालाइ फाइदा गर्छ ।
प्रशस्त हरियो सागसब्जी र ताजा फलफुल खाँदा कब्जियत नै हुदैन । ४ गेडागुडी भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित सेवन गर्दा स्वभाविक रुपमा कब्जियत देखिदैन । ५ उखुको जुस र मह उखुको जुस, खुदो र मह कब्जियत मुक्त गर्ने खानेकुरा हुन् । उखुको रसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधीको काम गर्छ ।
६ व्यायम उठबसलगायतका शारीरिक व्यायायमले पनि कब्जियत समस्या अन्त्य गर्ने विज्ञहरु बताउँछन् । एजेन्सी








