• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह

  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) १०औँ तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको भए पनि ती कर्मचारी यहाँका स्थानीय तहमा आउन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको जनाइएको छ ।

    नेपाली कांग्रेस नेता दीपककुमार विष्टले भने, “तोकिएको दरबन्दीअनुसारका कर्मचारी नै जिल्लामा छैनन्, सेवा प्रवाहमा समस्या त हुने नै भयो नि ।” विसं २०७५ वैशाखमै उक्त दरबन्दी सार्वजनिक गरिएको भए पनि हालसम्म दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत जिल्लाका स्थानीय तहमा आएका छैनन् । जिल्लाको सबैभन्दा पुरानो स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकामा राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।

    सात गाउँपालिकामध्ये पाँच गाउँपालिकामा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा “कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशाकसीय अधिकृतका रूपमा काम गर्न खटाउनेछ”, भन्ने व्यवस्था छ ।

    पूर्वीचौकी गाउँपालिकामा साविकका स्थानीय निकायले स्थायी गरेका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । पूर्वीचौकीमा आठौँ तहको दरबन्दीे छ । यस्तै आठौँ तहको प्रमुख प्रशासकीय अधिृकतको दरबन्दी रहेको बडिकेदार गाउँपालिकामा निजामतीको सट्टा विकासे सेवाका कार्यक्रम अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेको बताइएको छ । उहाँलाई साविकको जिल्ला विकास समितिले स्थायी गरेको हो ।

    आठौँ तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने सायल गाउँपालिकामा निजामती सेवाको छैटौँ तहका कर्मचारी निमित्त रहेको बताइएको छ । यस्तै केआइसिंह र आदर्श गाउँपालिकामा पनि आठौँ तहको दरबन्दीे छ तर सातौँ तहका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत भएर काम सञ्चालन गरिरहेका छन् । बोगटान फुडसिल गाउँपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । स्थानीय तहमात्रै होइन, जिल्लाका अधिकांश कार्यालय निमित्तका भरमा सञ्चालन छन् ।

    सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उपसचिवले निमित्त भएर कामकाज गर्दै आएका छन् । प्रजिअ एक महिनादेखि रिक्त छ । प्रजिअ सुनिल खनालको गृह मन्त्रालयमा सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई निमित्त प्रजिअ तोकिएको छ । प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको सेवाग्राहीको गुनासोे छ ।

    यसैगरी दुई प्रशासकीय अधिकृतको दरबन्दी रहेपनि हाल ती दरबन्दीमा कर्मचारी नआउँदा रिक्त छन् । नागरिकता प्रदानदेखि अन्य सिफारिसका कामकाजसमेत निमित्त प्रजिअ जोशीले एक्लैले सेवा प्रदान गरिरहेका छन् । यस्तै जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, बाल सुधारगृह र नापी कार्यालय पनि लामो समयदेखि निमित्तकै भरमा छन् ।

    सरकारी वकिल, गुणस्तर तथा नापतौल, जिल्ला निर्वाचन, इलाका हुलाक , शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पनि निमित्तकै भरमा सञ्चालनमा छन् । प्रदेश सरकारमातहत रहेका जिल्लाका अधिकांश कार्यालयमा पनि यस्तै अवस्था छ । निमित्तका भरमा कार्यालय सञ्चालन हुनु नौलो कुरा नभएको स्थानीयवासी बताउँछन् । यहाँको अधिकांश कार्यालयमा तोकिएभन्दा एक तहमुनिकै कार्यालय प्रमुख रहने वर्षौँदेखिको परिपाटी रही आएको छ ।रासस

    विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
    तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
    सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.