काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७० हजार ७५९ र एन्टिजेनबाट ८५ हजार ४५९ जना पुगेको छ । यस्तै, आज थप १७४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत छ । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ८५८ पुगेको छ ।








