काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मंगलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीरस्आर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनी पाँच दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० गते मृत्यु भएका उमा कोरोना संक्रमण देखिएको हो । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।








